• ट्रेण्डिङ्ग :
अफताब आलम विरुद्धको रिट ‘हेर्दाहेर्दै’मा

अफताब आलम विरुद्धको रिट ‘हेर्दाहेर्दै’मा


  • 13.6K
    SHARES
    • बैशाख १६, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 21.0K Views

    अफताब आलम विरुद्धको रिट ‘हेर्दाहेर्दै’मा

    काठमाडौं, १६ वैशाख । पूर्वमन्त्री अफताब आलम विरुद्धको रिट आज पनि ‘हेर्दाहेर्दै’मा राखिएको छ । शुक्रबारको सुनुवाइ नसकिएपछि उक्त रिट फेरि पनि हेर्दाहेर्दैमा राखिएको हो ।

    images

    न्यायाधीशहरू सुष्मालता माथेमा र नहकुल सुवेदीको संयुक्त इजलासमा मुद्दाको  सुनुवाइ भएको थियो । आलम विरुद्ध विस्फोटक पदार्थ बम समेतको प्रयोग गरी ज्यान मारेको सम्बन्धी अभियोग लागेको हो । यसअघि पटक पटक पेसी तोकिए पनि मुद्दाको सुनुवाइ भने भएकै छैन ।

    जिल्ला अदालत रौतहटको पुर्पक्षका लागि थुनामा राख्न दिएको आदेश उच्च अदालत वीरगन्जले सदर गरेपछि त्यसविरुद्ध आलमले सर्वोच्चमा २०७७ मंसिर १२ गते फैसला बदरको माग गर्दै निवेदन दिएका थिए ।  २०६४ चैत २७ गते आतंक फैलाएर निर्वाचन जित्ने उदेश्यले भारतदेखि पेसेवर बम बनाउनेहरू ल्याइ बम बनाउने क्रममा विस्फोट भएको र घाइते भएकाहरूलाई ज्यूँदै इँटाभट्टामा हालेर हत्या गरेको उनीमाथि अभियोग छ ।


    तेस्रो आँखा
    लेखकबाट थप