• ट्रेण्डिङ्ग :
 भरतपुरका जगन्नाथ पौडेलसहित बागी उम्मेदवारहरू कांग्रेसकाे निर्णयअनुसार स्वत निस्कासन

 भरतपुरका जगन्नाथ पौडेलसहित बागी उम्मेदवारहरू कांग्रेसकाे निर्णयअनुसार स्वत निस्कासन


  • 10.0K
    SHARES
    • बैशाख १६, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 15.4K Views

     भरतपुरका जगन्नाथ पौडेलसहित बागी उम्मेदवारहरू कांग्रेसकाे निर्णयअनुसार स्वत निस्कासन

    काठमाडाैं,१६ वैशाख । नेपाली कांग्रेसले शुक्रबार अपरान्ह ५ बजेभित्र उम्मेदवारी फिर्ता नलिएका बागी उम्मेदवारलाई स्वत पार्टीबाट निस्कासन गरेको छ। भरतपुर महानगरपालिकामा कांग्रेसबाट बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेलसहित नेताहरू कांग्रेसको निर्णयअनुसार स्वत निस्कासनमा परेका छन्।कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले आजै विज्ञप्ति निकालेर बागी उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन भनेका थिए।

    images

    कांग्रेसले विद्रोही उम्मेदवार, निजको प्रस्तावक र समर्थक पार्टीबाट स्वतः निस्कासन गर्ने निर्णय गरेको छ। ‘स्थानीय तहको निर्वाचनमा कांग्रेसका आधिकारिक उम्मेदवारका विरूद्ध पार्टीका कुनै सदस्यले विद्रोही उम्मेदवारी दर्ता गरेरगराएको भए आज अपरान्ह ५ बजेभित्र उम्मेदवारी फिर्ता लिई पार्टीका आधिकारिक उम्मेदवारलाई विजयी बनाउन सक्रिय भूमिका निर्वाह गर्नु हुन निर्देशानुसार अनुरोध गरिन्छ।

    उम्मेदवारी फिर्ता नलिएमा त्यस्ता विद्रोही उम्मेदवार, नीजको प्रस्तावक र समर्थकको पार्टी सदस्यता कांग्रेसको विधान, २०१७ ९संशोधन सहित० को धारा ४ ९१३० ९ग० बमोजिम समाप्त भई पार्टीबाट स्वतः निष्कासित हुने व्यहोरा जानकारी गराइन्छ,’ मुख्यसचिव पौडेलले निकालेको विज्ञप्तिमा उल्लेख छ  । कांग्रेस सभापति शेरबहादुर देउवाले बिहीबार र त्यसअघि शेखर कोइरालाले बागी उम्मेदवारलाई पार्टी मुलप्रवाहमा आउन अपिल गरेका थिए।


    तेस्रो आँखा
    लेखकबाट थप