• ट्रेण्डिङ्ग :
ओखलढुंगामा स्वतन्त्र सहित विभिन्न दलका ५९ जनाकाे उम्मेद्धारी फिर्ता (विवरणसहित)

ओखलढुंगामा स्वतन्त्र सहित विभिन्न दलका ५९ जनाकाे उम्मेद्धारी फिर्ता (विवरणसहित)


  • 8.1K
    SHARES
    • बैशाख १७, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 12.4K Views

    ओखलढुंगामा स्वतन्त्र सहित विभिन्न दलका  ५९ जनाकाे उम्मेद्धारी फिर्ता (विवरणसहित)

    काठमाडाैं,१७ वैशाख । स्थानीय तहको निर्वाचनमा भाग लिन उम्मेदवारी दिएका ओखलढुंगाका ५९ जना उम्मेद्धारी फिर्ता लिएका छन् । जिल्लाका आठ वटै स्थानीय तहका विभिन्न पदमा मनोनयन गरेका ५९ जनाले उमेद्वारी फिर्ता लिएका हुन् ।

    images

    वैशाख ११ र १२ गते मनोनयन दर्ता गरेका उम्मेदवारलाई शुक्रबार बेलुकी ५ बजेसम्म फिर्ता लिन समय दिइएको थियो । दुई पालिका प्रमुख, तीन उप–प्रमुख, २५ वडा अध्यक्ष, २१ जना खुल्ला सदस्य, ४ जना महिला सदस्य र ४ जना दलित महिला सदस्य गरि ५९ जनाले उम्मेद्धारी फिर्ता लिएका छन् ।

    जिल्लामा हेभिवेटका मानिने स्वतन्त्र उमेद्वारहरुले भने उमेद्वारी फिर्ता लिएनन् । सिद्धिचरण नगरपालिकामा सिताराम गुरुङ, खिजीदेम्बामा महेश कोर्मोचा, लिखुमा राजन सुवेदीको उमेद्वारी कायमै रहेको जिल्ला निर्वाचन कार्यालय ओखलढुंगाले जानकारी दियो ।

    चुनावी कार्यतालिकाअनुसार शनिबार उम्मेदवारलाई चुनाव चिह्न प्ररदान गरिने जिल्ला निर्वाचन अधिकारी प्रेम प्रसाद न्यौपानेले बताए ।  

    कुन राजनीतिक दलबाट कति जनाले लिए उम्मेद्धारी फिर्ता ?

    Party.jpg

     


    तेस्रो आँखा
    लेखकबाट थप