• ट्रेण्डिङ्ग :
हुम्लामा ४ वडाध्यक्ष र ४ वडा सदस्य निर्विरोध

हुम्लामा ४ वडाध्यक्ष र ४ वडा सदस्य निर्विरोध


  • 9.6K
    SHARES
    • बैशाख १७, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 14.8K Views

    हुम्लामा ४ वडाध्यक्ष र ४ वडा सदस्य निर्विरोध

    काठमाडौं, १७ वैशाख । हुम्लामा ४ जना वडाध्यक्ष र ४ जना वडा सदस्य निर्विरोध भएका छन् । नाम्खा गाउँपालिका–६ का वडाध्यक्षका स्वतन्त्र उम्मेदवार पाल्जोर तामाङ र तीन जना वडा सदस्य छिरिङ डुङडुप तामाङ पुटी तामाङ, टुङडुप लामाको एकल उम्मेदवारी परेपछि निर्विरोध भएका हुन् ।

    images

    यस्तै गरी खार्पुनाथ गाउँपालिका–४ का वडाध्यक्षमा पनि रंगमती शाहीको एकल उम्मेदवार परेको छ । दलित महिला सदस्यमा दन्तकली सुनार निर्विरोध भएकी छन् । सिमकोट गाउँपालिका–१ को वडाध्यक्षमा गोर्ख लामाको एकल उम्मेदवारी परेको जिल्ला निर्वाचन कार्यालय हुम्लाले जनाएको छ ।


    तेस्रो आँखा
    लेखकबाट थप