• ट्रेण्डिङ्ग :
चुनाव चिन्ह पाएसँगै बिपीको शालिकमा माल्यार्पण गरी पौडेलले गरे चुनावी अभियान सुरू

चुनाव चिन्ह पाएसँगै बिपीको शालिकमा माल्यार्पण गरी पौडेलले गरे चुनावी अभियान सुरू


  • 23.0K
    SHARES
    • बैशाख १७, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 35.3K Views

    चुनाव चिन्ह पाएसँगै बिपीको शालिकमा माल्यार्पण गरी पौडेलले गरे चुनावी अभियान सुरू

    काठमाडाैं, १७ वैशाख । भरतपुर महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएका जगन्नाथ पौडेलले चुनाव चिन्ह ‘भुइँकटहर’ पाएका छन् । 

    images

    चुनाव चिन्ह पाएसँगै उनले चुनावी अभियान सुरू गरेका छन्। नेपाली कांग्रेसको असन्तुष्ट कार्यकर्ताको नेतृत्व गर्दै शनिबार भरतपुरस्थित क्यान्सर अस्पताल परिसरमा रहेको बिपी कोइरालाको शालिकमा माल्यार्पण गरेर उनले चुनावी अभियान सुरू गरेको घोषणा गरे।

    पौडेलले आफूले हिँडेको बाटो नै भोलिको मूल बाटो भएको दाबी गर्दै कांग्रेसबाट निर्वाचित सबैले सहयोग गर्ने आशा व्यक्त गरे। उनले भरतपुरलाई भ्रष्टाचारमुक्त समृद्ध सहर बनाउने संकल्प गरे। उनले कांग्रेसले गरेको गठबन्धनले लोकतन्त्रको भविष्य खतरामा दाबी गर्दै त्यसमा संलग्न नहुन भरतपुरका कार्यकर्ताहरूलाई आग्रह गरे।

    शुक्रबार उम्मेदवारी फिर्ता नगरेपछि मेयरका उम्मेदवार पौडेल, प्रस्तावक सापकोटा र समर्थक कांग्रेसकी महासमिति सदस्य मिना खरेल स्वतः निलम्बनमा परेका छन्। पाँच दलीय गठबन्धनले भरतपुरको मेयर माओवादी केन्द्रलाई दिनेगरी भागबण्डा गरेपछि नेपाली कांग्रेस चितवनमा ठूलो असन्तुष्टि देखिएको थियो। त्यो असन्तुष्ट समूहको प्रतिनिधित्व गर्दै पौडेलले भरतपुरको मेयरमा उम्मेदवारी दिएका थिए।

    उनको उम्मेदवारी फिर्ता गर्न कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’सहित सरकारका प्रभावशाली मन्त्रीहरू नै सक्रिय भएका थिए। तर पौडेल उम्मेदवारी फिर्ता लिन नसक्ने अडानमा थिए।  भरतपुरको मेयरमा गठबन्धनबाट माओवादी केन्द्रकी रेनु दाहाल र नेकपा एमालेबाट विजय सुवेदी उम्मेदवार छन्। ३० जनाले मेयरका लागि उम्मेदवारी दिएकोमा बिहीबार ३ जनाले फिर्ता लिएका थिए। 


    तेस्रो आँखा
    लेखकबाट थप