• ट्रेण्डिङ्ग :
हालसम्म ४९ जिल्लामा मतपत्र ढुवानी

हालसम्म ४९ जिल्लामा मतपत्र ढुवानी


  • 6.0K
    SHARES
    • बैशाख १७, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 9.2K Views

    हालसम्म ४९ जिल्लामा मतपत्र ढुवानी

    काठमाडौं, १७ वैशाख । स्थानीय तह सदस्य निर्वाचन, २०७९ का लागि हालसम्म ४९ जिल्लाका लागि ९१ लाख ११ हजार मतपत्र ढुवानी गरिएको छ । 

    images

    कर्णाली र सुदूरपश्चिमका सबै जिल्ला, प्रदेश नं १ का मोरङबाहेक सबै जिल्ला र गण्डकीको पोखरा महानगरबाहेक सबै स्थान, बागमती प्रदेशका पाँच जिल्लामा मतपत्र पुगिसकेको छ। वैशाख १८ गते लुम्बिनी प्रदेशका १२ जिल्लामा मतपत्र पठाइने निर्वाचन आयोगका मुद्रण अधिकृत बाबुराम कोइरालाले जानकारी दिए ।

    काठमाडौँबाट लामो दूरीमा रहेका पूर्व र पश्चिमका अधिकांश जिल्लामा मतपत्र पुगिसकेको छ भने अन्य जिल्लामा पुग्नेक्रम जारी रहेको छ । मनाङ र मुस्ताङ जिल्लामा हेलिकप्टरबाट मतपत्र ढुवानी गरिएको छ । निर्वाचन आयोगले यही वैशाख १३ गतेदेखि मतपत्र ढुवानी सुरु गरेको थियो । हालसम्म छवटा महानगर र भक्तपुर जिल्लाबाहेक ७६ जिल्लाका लागि एक करोड ८० लाख ४५ हजार मतपत्र छपाइ भइसकेको छ ।

  • सम्बन्धित विषय:

  • # स्थानीय तह निर्वाचन

  • तेस्रो आँखा
    लेखकबाट थप