• ट्रेण्डिङ्ग :
आचारसंहिता प्रतिकूल निर्वाचन सामग्री जफत

आचारसंहिता प्रतिकूल निर्वाचन सामग्री जफत


  • 9.5K
    SHARES
    • बैशाख १८, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 14.6K Views

    आचारसंहिता प्रतिकूल निर्वाचन सामग्री जफत

    काठमाडौँ,१८ वैशाख । निर्वाचन आयोगको अनुगमन टोलीले काठमाडौँको केही ठाउँमा स्थलगत अनुगमन गरी राजनीतिक दलको झण्डा तथा निर्वाचन आचारसंहिता प्रतिकूल हुने सामग्री जफत गरेको छ । शनिबार  काठमाडाैंका विभिन्न स्थानबाट दलका त्यस्ता प्रचार सामग्री जफत गरेकाे हाे ।

    images

    आयोगका शाखा अधिकृत सुरज पोखरेलको नेतृत्वमा गएको टोलीले सो चुनावी सामग्री जफत गरेको बताएकाे छ । आयोगका सहसचिव तथा प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार आयोगको अनुगमन टोलीले काठमाडौँको रत्नपार्क, बागबजार, पुतलीसडक, टुँडिखेल, शहिदगेट, भोटाहिटी, घण्टाघर क्षेत्र वरिपरि शनिबार स्थलगत अनुगमन गरेको थियो ।

    अनुगमनका क्रममा सार्वजनिक स्थलमा रहेका राजनीतिक दलका झण्डा ३०० थान, सो क्षेत्रका विभिन्न पसलमा राखिएका दलका निर्वाचन चिह्न अब्कित क्याप २०० थान, झोला २ बण्डल (करिब १०० थान), टीसर्ट १० थान, दलको व्यानर ३ थान जफत गरेको छ ।

    राजनीतिक दलका कार्यकर्ताले निर्वाचन आचारसंहिता उल्लब्घन गरेको सूचना आयोगलाई प्राप्त भएपछि सो क्षेत्रमा आयोगको अनुगमन टोली स्थलगत अनुगमन गरेको थियो । अनुगमनको काम जारी रहने जनाइएको छ ।


    तेस्रो आँखा
    लेखकबाट थप