• ट्रेण्डिङ्ग :
 नेपाली कांग्रेस वीपीका देशभरबाट १५४ उम्मेदवार 

 नेपाली कांग्रेस वीपीका देशभरबाट १५४ उम्मेदवार 


  • 9.9K
    SHARES
    • बैशाख १९, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 15.3K Views

     नेपाली कांग्रेस वीपीका देशभरबाट १५४ उम्मेदवार 

    काठमाडाैं,१९ वैशाख । नेपाली कांग्रेस (वीपी) ले स्थानीय तह निर्वाचनका लागि देशभर १५४ उम्मेदवार मनोनयन दर्ता गरेको जानकारी दिएको छ । केन्द्रीय कार्यालय सामाखुसीमा आइतबार पत्रकार सम्मेलन गरी स्थानीय तह निर्वाचनमा देशभरबाट १५४ उम्मेदवार उठाएको जानकारी दिएको हो ।

    images

    उक्त पार्टी २०७४ सालमा स्थापना भएको थियो । २०७४ सालमा सम्पन्न प्रतिनिधि एवं प्रदेशसभाको निर्वाचनमा ‘करुवा’ चुनाव चिह्न लिएर नेपाली कांग्रेस वीपीले भाग लिएको थियो । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा पनि उसले करुवा चुनाव चिह्न नै पाएको छ ।

    पत्रकार सम्मेलनमा वीपी कांग्रेसका प्रवक्ता शिवप्रसाद सिम्खडाले दुई महानगरपालिकासहित देशभरबाट २२ नगरमा प्रमुखको उम्मेदवारी मनोनयन दर्ता गरेको जानकारी दिए । कांग्रेस वीपीले काठमाडौं महानगरपालिकाको प्रमुखमा भक्तराज भुसाल र उपप्रमुखमा इन्दिरा अधिकारीलाई उठाएको छ ।

    यस्तै विराटनगर महानगरपालिकाको प्रमुखमा रामचन्द्र गौतम उम्मेदवार छन् । नुवाकोटको बेलकोटगढी नगरपालिकाको प्रमुखमा सुशील वाग्ले उम्मेदवार छन् । प्रवक्ता सिम्खडाका अनुसार नगर उपप्रमुखमा नौ, गाउँपालिका अध्यक्षमा सात, उपाध्यक्षमा तीन, वडा अध्यक्षमा ४१, महिला सदस्यमा १८, दलित महिला सदस्यमा १४ र खुला सदस्यमा ४० जनाले उम्मेदवारी दिएको छ ।

    पत्रकार सम्मेलनमा विपी कांग्रेसका सभापति सुशीलमान शेरचनले विपी कांग्रेसले देशभरका ४५ जिल्लामा आफ्नो संगठन विस्तार गरिसकेको र सोहीअनुसार स्थानीय तहको निर्वाचनमा उम्मेदवारी प्रस्तुत गरेको बताए ।

     


    तेस्रो आँखा