• ट्रेण्डिङ्ग :
नेपाल र जिम्बावे ‘ए’ बीचको खेल वर्षाका कारण राकियो

नेपाल र जिम्बावे ‘ए’ बीचको खेल वर्षाका कारण राकियो


  • 9.2K
    SHARES
    • बैशाख १९, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 14.2K Views

    नेपाल र जिम्बावे ‘ए’ बीचको खेल वर्षाका कारण राकियो

    काठमाडौं, १९ वैशाख ।  नेपाल र जिम्बावे ‘ए’ टिमबीच टी-२० शृंखलाको दोस्रो खेल वर्षाका कारण प्रभावित भएको छ ।

    images

    कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर ब्याटिङ गरेको जिम्बावे टोलीले ४.३ ओभरमा २ विकेट गुमाएर ४८ रन बनाउँदा खेल वर्षाले रोकिएको हो ।

    खेलको पहिलो ओभरमै सोमपाल कामीले ओपनर इनोसेन्ट केइयालाई खाता खोल्नै नदिइ कुशल भुर्तेलबाट क्याच आउट गराएका थिए । पाँचौं ओभरमा अर्का ओपनर ताडिवान्से मारुमानीलाई करण केसीले २२ रनको स्कोरमा आउट गरेका थिए ।

    यसअघि हिजो भएको पहिलो खेलमा नेपालले ६ विकेटको पराजय ब्यहोरेको थियो । नेपालले दिएको १८२ रनको लक्ष्य जिम्बावे टोलीले १८.५ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको थियो ।


    तेस्रो आँखा
    लेखकबाट थप