• ट्रेण्डिङ्ग :
दक्षिण कोरियामा २४ घन्टामा कोरोनाका २० हजार भन्दा बढी संक्रमित

दक्षिण कोरियामा २४ घन्टामा कोरोनाका २० हजार भन्दा बढी संक्रमित


  • 8.6K
    SHARES
    • बैशाख १९, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 13.3K Views

    दक्षिण कोरियामा २४ घन्टामा कोरोनाका २० हजार भन्दा बढी संक्रमित

    एजेन्सी, १९ वैशाख । दक्षिण कोरियामा कोरोना भाइरसका संक्रमित पछिल्लो २४ घन्टामा २० हजार भन्दा बढी देखिएका छन् । तर पछिल्लो समयमा संक्रमितको संख्या घटेको देखिएको छ । गत २४ घण्टामा थप २० हजार ८४ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको बताइएको छ ।

    images

    अघिल्लो दिनको तुलनामा भने यो संख्या घटेको हो । अघिल्लो दिन अर्थात् शनिबार ३७ हजार ७०० भन्दा केही बढी संक्रमित थिए । योसँगै दक्षिण कोरियामा संक्रमितहरुको संख्या १ करोड ७२ लाख जना पुगेको बताइएको छ । पछिल्लो समयमा देखिएका मध्ये स्वदेशमै संक्रमित भएका र विदेशबाट आएका व्यक्तिमा पाइएको पनि सो समाचारमा जनाइएको छ ।गत मार्च महिनाको मध्यतिर  यहाँ दैनिक दुई लाख भन्दा पनि बढी संक्रमितहरु देखिने गरेका थिए ।


    तेस्रो आँखा
    लेखकबाट थप