• ट्रेण्डिङ्ग :
स्थानीय तह निर्वाचनमा ३५३ उम्मेदवार निर्विरोध, एक सय ७० पदमा उम्मेदवारी नै खाली

स्थानीय तह निर्वाचनमा ३५३ उम्मेदवार निर्विरोध, एक सय ७० पदमा उम्मेदवारी नै खाली


  • 8.7K
    SHARES
    • बैशाख १९, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 13.4K Views

    स्थानीय तह निर्वाचनमा ३५३ उम्मेदवार निर्विरोध, एक सय ७० पदमा उम्मेदवारी नै खाली

    काठमाडाैं,१९ वैशाख । स्थानीय तह निर्वाचनमा ३५३ उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । १ सय ७० पदमा भने उम्मेदवारी नपरेको निर्वाचन आयोगले जानकारी दिएको छ । निर्विरोध निर्वाचित हुने विभिन्न पद रहेपनि उम्मेदवारी नै नपर्ने भने सबै दलित महिला वडा सदस्यका रहेको आयोगको भनाइ छ । 

    images

    आयोगले सोमबार एक विज्ञप्ति जारी गर्दै उक्त जानकारी सार्वजनिक गरेको हो । सात सय ५३ वटा स्थानीय तहमा ६ हजार ७४३ दलित महिला सदस्य पदका लागि हुने निर्वाचनका लागि १ सय ७० दलित महिला सदस्य पदमा मनोनयन दर्ता भएको छैन, आयोगले भनेको छ ।

    त्यस्तै, तीन सय ५३ जना उम्मेदवार विभिन्न पदमा निर्विरोध निर्वाचित भएको पनि आयोगले जानकारी दिएको छ । वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि बैशाख ११ र १२ गते उम्मेदवारी दर्ता गरिएको थियो । 


    तेस्रो आँखा
    लेखकबाट थप