• ट्रेण्डिङ्ग :
भवन भत्किँदा नौ जनाको मृत्यु

भवन भत्किँदा नौ जनाको मृत्यु


  • 10.3K
    SHARES
    • बैशाख २०, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 15.8K Views

    भवन भत्किँदा नौ जनाको मृत्यु

    एजेन्सी, २० वैशाख ।  नाइजेरियामा एक भवन भत्किँदा त्यसमा परेर मृत्यु हुनेको संख्या नौ पुगेको जनाइएको छ । सोमबार दक्षिणी नाइजेरियाली लागोस राज्यको एक नगरमा तीन तले भवन भत्किएको र त्यसमा परेर नौ जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।

    images

    प्रहरीका अनुसार ओनिग्बो नगरमा रहेको तीन तले भवन भत्किँदा त्यसमा परेर आठ जनाको मृत्यु भएको बताइएकोमा सोमबार राति थप एक जनाको शव भेटिएको हो । हिजो भत्किएको भवनको भग्नावशेषबाट एक चार वर्षको बच्चाको शव निकालिएको थियो । सो भवनमा अरु पनि व्यक्ति पुरिएको हुनसक्ने आशंकामा उद्धारको काम जारी राखिएको छ । सो भवनमा के कति मानिस थिए भन्ने बारेमा यकिन भने हुन सकेको छैन । 


    तेस्रो आँखा
    लेखकबाट थप