• ट्रेण्डिङ्ग :
नेपाली पत्रकारीताप्रति नेपाली नागरिकले ठूलो अपेक्षा राखेका छन् - विपुल पाेखरेल

नेपाली पत्रकारीताप्रति नेपाली नागरिकले ठूलो अपेक्षा राखेका छन् - विपुल पाेखरेल


  • 9.3K
    SHARES
    • बैशाख २०, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 14.3K Views

    नेपाली पत्रकारीताप्रति नेपाली नागरिकले ठूलो अपेक्षा राखेका छन् - विपुल पाेखरेल

    काठमाडाैं,२० वैशाख ।  नेपाल पत्रकार महासंघका अध्यक्ष तथा तेस्रो आँखा अनलाइनका प्रधानसम्पादक विपुल पोखरेलले नेपाली पत्रकारीताप्रति नेपाली नागरिकले ठूलो अपेक्षा राखेको बताएका छन् ।   रे टेलिभिजन उद्घाटनलाई सम्बोधन गर्दै उनले  नेपाली मिडिया जगतमा एउटा नयाँ मिडिया थपिनु लोकतन्त्र र प्रेस स्वतन्त्रताका दृष्टिकोणले स्वागतयोग्य भएको बताए । 

    images

    मिडियामा श्रमको समस्याहरु छन, उनले भने, ‘ न्यूनतम पारिश्रमिकको कुरा एकपटी छ भने अर्कोतिर प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र लोकतन्त्रको रक्षाका निमित्त लेख्नु पर्ने,बोल्नु पर्ने, देखाउँनु  र सुनाउँनु पर्ने छ ।’ यी यावत समस्या र चुनौतिबीच थपिएको एउटा मिडियाले महासंघ तथा पत्रकाहरुको आन्दोलनमा सहयोग पुग्ने सिवश्वास पोखरेलले व्यक्त गरे ।  नेपाली पत्रकारीता क्षोत्रबाट नेपाली नागरिकले परिवर्तनको ठूलो अपेक्षा राखेका छन् ।

    निर्वाचनको पूर्वसन्ध्यामा खुलेको यस टेलिभिजनले तटस्थ र निष्पक्ष भएर काम गर्ने कुरामा पहिलो र अब्बल दर्जाको  होस भन्ने पोखरेलले शुभ कामना व्यक्त गरे । आफ्ना जनप्रतिनिधि कस्ता छान्ने भनेर अलमल परेका नागरिकलाइर निर्वाचनकै मुखमा खुलेको यस टेलिभिजनले दिने सूचना,समाचार र कार्यक्रमहरुले उम्मेदवार छनोटका लागि एउटा धारणा बनाउने खालका सामग्री पस्कन सकोस भन्ने अपेक्षा गरेको उनले बताए । 


    तेस्रो आँखा
    लेखकबाट थप