• ट्रेण्डिङ्ग :
कांग्रेसको १० आमसभा, कुन नेताले कहाकाे सभामा सम्बोधन गर्ने (र्कायसूचिसहित)

कांग्रेसको १० आमसभा, कुन नेताले कहाकाे सभामा सम्बोधन गर्ने (र्कायसूचिसहित)


  • 7.2K
    SHARES
    • बैशाख २१, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 11.1K Views

    कांग्रेसको १० आमसभा, कुन नेताले कहाकाे सभामा सम्बोधन गर्ने (र्कायसूचिसहित)

    काठमाडाैं,२१ वैशाख । नेपाली कांग्रेसले देशका विभिन्न स्थानहरूका सभाहरूमा केन्द्रीय नेताहरूले सम्बोधन गर्ने कार्यक्रम तय गरेको छ । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका सन्दर्भमा नेपाली कांग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको निर्णय अनुसार नेताहरूले सम्बोधन गर्ने छन् । 

    images

    सभाहरूमा पार्टीका सभापति, नेता एवं पदाधिकारी लगायत केन्द्रीय नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सबै सभाहरूको संयोजन पार्टीको सम्बन्धित जिल्ला कार्यसमितिहरूले गर्नेछन् । पार्टी सभापति शेरबहादुर देउवाले तय भएका १० वटै स्थानमा सम्बोधन गर्नेछन् । देउवासँगै अन्य वरिष्ठ नेता र पदाधिकारी रहने मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए ।

     

    १.वैशाख २१ गते मोरङ (विराटनगर)
    शेरबहादुर देउवा, सभापति
    रामचन्द्र पौडेल, नेता
    विश्वप्रकाश शर्मा, महामन्त्री लगायत अन्य वक्ताहरू

    २. वैशाख २२ गते चितवन (भरतपुर)
    शेरबहादुर देउवा, सभापति
    रामचन्द्र पौडेल, नेता
    महालक्ष्मी उपाध्याय ‘डिना’, सहमहामन्त्री लगायत अन्य वक्ताहरू

    ३. वैशाख २३ गते काठमाडौं
    शेरबहादुर देउवा, सभापति
    रामचन्द्र पौडेल, नेता लगायत अन्य वक्ताहरू

    ४. वैशाख २४ गते ( बिहान ११ बजे) रुपन्देही (बुटवल)
    शेरबहादुर देउवा, सभापति
    रामचन्द्र पौडेल, नेता
    गगनकुमार थापा, महामन्त्री लगायत अन्य वक्ताहरू

    ५. वैशाख २४ गते (दिउँसो १२ः३० बजे) तनहुँ (दमौली)
    शेरबहादुर देउवा, सभापति
    रामचन्द्र पौडेल, नेता
    डा। प्रकाशशरण महत, प्रवक्ता लगायत अन्य वक्ताहरू

    ६. वैशाख २४ गते (दिउँसो २ बजे) धनुषा (जनकपुर)
    शेरबहादुर देउवा, सभापति
    रामचन्द्र पौडेल, नेता
    भीष्मराज आङ्दम्बे, सहमहामन्त्री
    महेन्द्र यादव, सहमहामन्त्री लगायत अन्य वक्ताहरू

    ७.वैशाख २५ गते (बिहान ११ बजे) कास्की (पोखरा)
    शेरबहादुर देउवा, सभापति
    रामचन्द्र पौडेल, नेता
    धनराज गुरुङ, उपसभापति
    जीवन परियार, सहमहामन्त्री लगायत अन्य वक्ताहरू

    ८.वैशाख २५ गते (दिउँसो २ बजे) दाङ (तुलसीपुर)
    शेरबहादुर देउवा, सभापति
    रामचन्द्र पौडेल, नेता
    किशोरसिंह राठौर, सहमहामन्त्री लगायत अन्य वक्ताहरू

    ९. वैशाख २६ गते कैलाली (धनगढी)
    शेरबहादुर देउवा, सभापति
    रामचन्द्र पौडेल, नेता
    फरमूल्लाह मंसुर, सहमहामन्त्री लगायत अन्य वक्ताहरू

    १०. वैशाख २७ गते डडेल्धुरा
    शेरबहादुर देउवा, सभापति
    रामचन्द्र पौडेल, नेता
    बद्री पाण्डे, सहमहामन्त्री लगायत अन्य वक्ताहरू

     


    तेस्रो आँखा
    लेखकबाट थप