काठमाडौं,२१ वैशाख । नेकपा एमाले खिजिदेम्बा गाउँपालिकाका अध्यक्षका उम्मेदवार रामबहादुर खत्रीले खिजीदेम्बालाई नमुना गाउँपालिका बनाउने उद्घोष गरेका छन्। तेस्रो आँखा अनलाइनसँग कुरा गर्दै अध्यक्ष पदका खत्रीले कृषिमा आधुनिकीकरण, व्यवसायीकरणमा जोडदिने बताए। उनले जमिनको वर्गीकरण गरेर माटो परिक्षण गरी त्यहा उत्पादन हुँने खेतीबाली लगाउने बताए ।
खेतिलाई आधुनिकीकरणसँगै युवापुस्तालाई उप्रेरित गर्ने मुख्य योजना रहेको बताए । ‘कृषि कोष स्थापना गरी अनुदान दिने र विषेश कृषिलाई जोड दिने छु।’ उनले भने, ‘मैले जितेभने राज्यले दिने सरकारी सेवासुविधा जनताको नाममा खर्च गर्ने छु।’ उनले युवा स्वरोजगार कोषको स्थापना गर्ने र स्वरोजगार मुलक तालिमहरु संचालन गरी युवाहरुलाई गाउँमै रोजगारीको वातावरण मिलाउने बताए।
नागरिकको सुशासनमा जोड दिँदै अध्यक्ष पदका उम्मेदवार खत्रीले भ्रष्टाचार मुक्त गाउँपालिका बनाउने प्रणसमेत गरे । गाउँपालिकाको समृद्धि र विकासका लागि दीर्घकालीन योजना बनाएर योजना तीनै योजनाहरुका आधारमा काम गर्ने रणनीति रहेको खत्रीको भनाइ छ। गाउँपालिकाबासी आम नागरिकको उत्साह बढेको भन्दै चुनाव जित्ने कुरामा कुनै शंका नरहेको खत्रीले बताए ।
