• ट्रेण्डिङ्ग :
घरमा आगलागी हुँदा एक जनाको मृत्यु

घरमा आगलागी हुँदा एक जनाको मृत्यु


  • 6.8K
    SHARES
    • बैशाख २३, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 10.5K Views

    घरमा आगलागी हुँदा एक जनाको मृत्यु

    पाल्पा,२३ वैशाख। पाल्पामा घरमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रैनादेवी छहरा गाउँपालिका वडा नं। ४ का ७९ वर्षीय मानबहादुर सोमै रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिए ।

    images

    सोमै घरमा एक्लै बस्दै आएका थिए । उनको घरमा गएराति करिब एक बजेतिर आगो लागेको थियो । आगोले घर पूरै जलेर नष्ट भएको छ । आगलागीको कारण खुलेको छैन । क्षतिको पूरा विवरण पनि आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।


    तेस्रो आँखा
    लेखकबाट थप