• ट्रेण्डिङ्ग :
सकियो मतपत्र छपाइको काम 

सकियो मतपत्र छपाइको काम 


  • 7.6K
    SHARES
    • बैशाख २३, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 11.6K Views

    सकियो मतपत्र छपाइको काम 

    काठमाडाैं,२३ वैशाख । आसन्न स्थानीय तह निर्वाचनका लागि आवश्यक मतपत्र छपाइको काम सकिएको छ । निर्वाचन आयोगले जम्मा दुई करोड सात लाख चार हजार मतपत्र छापेको जनाएको छ । ४३ पालिकामा पुनः मतपत्र छाप्नुपरेकाले धेरै मतपत्र छापिएको हो । निर्वाचनमा कुल मतदाता एक करोड ७७ लाख ३३ हजार ७२३ छन् । 

    images

    आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार ४३ पालिकाका लागि १३ लाख चार हजार मतपत्र पुन छापिएको हो । ‘विशेषगरी, मधेस प्रदेशका केही पालिकामा मतपत्रमा स्वतन्त्र उम्मेदवारका लागि छुट्याइएको चिह्नभन्दा स्वतन्त्र उम्मेदवारी धेरै परेपछि आयोगले पुनः मतपत्र छापेको हो,’ अर्यालले भने । 

    आयोगले ६ महानगरपालिका र भक्तपुर जिल्लाका लागि आवश्यक मतपत्र उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि मात्र छपाइको काम सुरु गरेको थियो । आयोगका अनुसार बिहीबारसम्ममा मतपत्र ढुवानीका सबै काम सकिनेछ । आयोगले निर्वाचनका लागि खटिएका सम्पूर्ण कर्मचारीलाई अनिवार्य रूपमा आफू खटिएको ठाउँमा जान र आफूलाई तोकिएको जिम्मेवारी पूरा गर्न निर्देशन दिएको छ ।


    तेस्रो आँखा
    लेखकबाट थप