• ट्रेण्डिङ्ग :
आचारसंहिता उल्लंघन गर्नेलाई निरन्तर स्पष्टीकरण  सोध्दै निर्वाचन आयाेग  

आचारसंहिता उल्लंघन गर्नेलाई निरन्तर स्पष्टीकरण  सोध्दै निर्वाचन आयाेग  


  • 9.4K
    SHARES
    • बैशाख २३, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 14.4K Views

    आचारसंहिता उल्लंघन गर्नेलाई निरन्तर स्पष्टीकरण  सोध्दै  निर्वाचन आयाेग  

    काठमाडाैं,२३ वैशाख । स्थानीय तहकाे निर्वाचन प्रचार प्रसारका सन्दर्भमा विभिन्न राजनीतिकदल तथा उम्मेदवारहरूले निर्वाचन आचारसंहिता उल्लंघन गरेकाे भन्दै निर्वाचन आयाेगले स्पष्टीकरण सोधेको छ । याे क्रममा आयाेगले कतिपयलाई पटक पटक स्पष्टीकरण सोधेको छ भने कतिपयव्यक्तितथा संस्थालाई पहिलाे पटक स्पष्टीकरण सोधेको जनाएकाे छ ।  आयोगले विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालबाट आएका उजुरीका आधारमा निर्वाचन आचारसंहिता उल्लंघन गर्ने दल तथा व्यक्तिहरूलाई स्पष्टीकरण सोधेको आयोग प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए । 

    images

    सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई आयोगले आचारसंहिताविपरीत कार्य गरेको भन्दै लिखित जवाफ पेस गर्न भनेको छ । कैलालीको कलौरी गाउँपालिकाका अग्निपीडित मुक्त कमैयाका लागि तत्काल प्रतिपरिवार ५० हजार रुपैयाँका दरले राहत दिने प्रक्रिया अगाडि बढेको उनले अभिव्यक्ति दिएका थिए । आयोगले यसैमा उनलाई २४ घन्टाभित्र लिखित जवाफ पेस गर्न निर्देशन दिएको हो । 

    त्यसैगरी, निर्वाचन पर्यवेक्षण समिति नेपालका अध्यक्ष प्रदीप पोखरेलले निर्वाचन आयोग, आयोगका पदाधिकारी, निर्वाचन आचारसंहिता तथा म्यादी प्रहरीलाई लाञ्छना लगाउने अभिव्यक्ति दिएकोप्रति उनलाई पनि २४ घन्टाभित्र लिखित स्पष्टीकरण पेस गर्न निर्देशन दिएको आयोगले जनाएको छ । त्यसैगरी, बागमती प्रदेशकी सामाजिक विकासमन्त्री कुमारी मोक्तान उम्मेदवारको प्रचारप्रसारमा निरन्तर खटिएकोप्रति आयोगले २४ घन्टाभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ । 

    नेकपा एमालेबाट काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार केशव स्थापितलाई निर्वाचन आयोगले पुनः २४ घण्टे स्पष्टीकरण सोधेको छ।  स्थापितले काठमाडौं महानगरमा मेयरका उम्मेदवार रहेका बालेन शाहको विषयमा दिएको अभिव्यक्ति निर्वाचन आचारसंहिता २०७८ अनुकूल नभएको भन्दै आयोगले स्पष्टीकरण सोधेको हो। स्थापितले प्रतिस्पर्धी शाहलाई ‘अन्तर्राष्ट्रिय ठग’ भन्दै टिप्पणी गरेका थिए। यसअघि काठमाडौंको एक कलेजमा आयोजित कार्यक्रममा स्थापितले दिएको अभिव्यक्तिमाथि आयोगले स्पष्टीकरण सोधेको थियो।

     


    तेस्रो आँखा
    लेखकबाट थप