काठमाडौं, २३ वैशाख । सत्ता गठबन्धनको तर्फबाट काठमाडौं महानगरपालिका मेयरका साझाँ उम्मेदवार नेपाली काङ्ग्रेसकी नेता सिर्जना सिंहले आफुले मतदाताको शिर निहुरिने किसिमको कुनै काम नगर्ने बताएकी छन। शुक्रवार सत्तारुढ गठबन्धनले काठमाडौंमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । उनले भनिन्, ‘म मतदाताको शिर निहुरिने किसिमको कुनै काम गर्दिन, म महानगरलाई महान घर बनाएर चलाउछु।’
महानगरमा पर्ने साना तथा ठुला सडकलाई सडक विभाग सँग समन्वय गरेर सडकको समस्या हटाउने बताइन् । उनले नेपाली महिलाहरूको लागि बिशेश प्याकेज ल्याउने बताइन् ।उनले महिलाले उत्पादन गरेका उत्पादक वस्तुको बजारको व्यवस्थापन गर्ने बताइन् ।
काठमाडौं महानगर सुबिधा सम्पन्न भएको कारण महानगरबाट खेलकुदको लागि ब्यबस्थापन गर्ने बताइन् । उनले प्रत्यक वडामा जेष्ठ नागरिक केन्द्रको ब्यबस्था गर्ने बताइन् । बालबालिका शिक्षा, स्वास्थ, सामुदायिक स्कुलको स्तरउन्नति गर्ने पनि उनले दाबी गरिन । उनले नदिनाला सफा गर्ने, सार्वजनिक ठाउँमा निशुल्क खानेपानी र शौचालयको ब्यबस्थापन गर्ने बताइन् ।
