• ट्रेण्डिङ्ग :
 ओलीले आफू जस्तै हावादारीलाई काठमाडौं मेयरको उम्मेदवार बनाए  -इन्द्र बानियाँ

 ओलीले आफू जस्तै हावादारीलाई काठमाडौं मेयरको उम्मेदवार बनाए  -इन्द्र बानियाँ


  • 8.7K
    SHARES
    • बैशाख २३, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 13.4K Views

     ओलीले आफू जस्तै हावादारीलाई काठमाडौं मेयरको उम्मेदवार बनाए  -इन्द्र बानियाँ

    काठमाडाैं,२३ वैशाख । नेपाली काङ्ग्रेस बागमती प्रदेशका सभापती इन्द्र बानियाँले केपी ओलिले आफू जस्तै हावादारी गफ गर्नेलाई महानगरको मेयरको उम्मेदवारी बनाएको आरोप लगाएका छन् ।

    images

     शुक्रबार काठमाडौंमा आयोजित सतारुढ गठबन्धनको संयुक्त चुनाबी कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले भने ‘केपी ओली महान गफाडी हुन्, उनले ठ्याक्कै आफू जस्तै गफाडिलाई महानगरको मेयरको उम्मेदवार बनाए ।’ उनले भने एमालेको उपमेयर कलेज पढ्दै गरेको हुनाले कलेज पढ्ने सबै योग्य नहुने बताए ।

     उनले काठमाडौं महानगरमा सक्षम महिला मेयर बनाउने समय आएको बताए । गठबन्धनलाई सबैमे मिलेर बिजयी गराउन उनले आग्रह गरे। काठमाडौं महानगरको नेतृत्व महिलाले पाएपछि शुशासन, सभ्य र सुसंस्कृत बनाउन मद्दत पुग्ने बानियाँले बताए । 


    तेस्रो आँखा
    लेखकबाट थप