• ट्रेण्डिङ्ग :
 देशको पहिलो आखिझ्याल राजधानीको बिकास र समृद्धिका लागि महिलालाई  मौका दिनुस - प्रचण्ड

 देशको पहिलो आखिझ्याल राजधानीको बिकास र समृद्धिका लागि महिलालाई  मौका दिनुस - प्रचण्ड


  • 12.6K
    SHARES
    • बैशाख २३, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 19.3K Views

     देशको पहिलो आखिझ्याल राजधानीको बिकास र समृद्धिका लागि महिलालाई  मौका दिनुस - प्रचण्ड

    काठमाडाैं,२३ वैशाख ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशको पहिलो आखिझ्याल राजधानीको बिकास र समृद्धिका लागि महिलालाई  मौका दिनुपर्ने बताएका छन् ।  शान्तिबाटीकामा शुक्रबार आयोजित सत्तारूढ गठबन्धनको संयुक्त चुनाबी  सभालाई  सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।

    images

    ‘जहाँ जहाँ महिलाहरू कार्यकारी भुमिकामा रहेका छन् त्यहाँ सफलता हासिल गरेका छन्।’  महानगरपालिकाको विकास, समृद्धि र शुशासनका लागि महिलालाई अगाडिको सार्नुपर्ने उनको भनाइ छ । पुरुषहररुले लामो समय शासन गर्दा पनि खासै उल्लेख्य परिणाम नसकेको भन्दै  अब महिलालाई मौका दिन काठमाडौंबासीलाई अनुरोध गरे ।  

    ‘राजधानी देशको पहिलो आखिझ्याल हो’, उनले भने, ‘काठमाडौंबाट बिकास र समृद्धिको थालनी गर्नुपर्ने भएकाले काठमाडौंलाई नयाँ परिवर्तन ल्याउन तपाइ सबै  नागरिकको  भुमिका महत्त्वपूर्ण हुन्छ ।’ कम्युनिस्ट कम्युनिस्टबिचको एकताले देशमा समाजवाद निर्माण गर्ने उद्देश्य राखेको भएपनि त्यो असफल सावित भएको दाबी गरे । ओलिलाई सहि बाटोमा हिडाउने प्रयास गर्दा पनि आफुहरु सफल नभएको पनि उनले भनाइ छ।

    अहिलेसम्मको संविधान, लोकतन्त्र, संघीयता प्राप्ति देखि आफू सन्तुष्ट भएको बताए । पार्टी भित्रको रिस ओलीले संसदमा देखाएर संसद अबरुद्ध गरेको पनि उनले आरोप लगाए । हरेक ठाउमा प्रगतिशील गठबन्धन विजयी भएको उनले जिकिर गरे । प्रतिगामी र प्रगतिशील बिचको विजयी र हार छुट्टाउने चुनाब भएको भन्दै उनले एक अर्कोलाई भोट हाल्न कठिन नमान्न आग्रह गरे । 


    तेस्रो आँखा
    लेखकबाट थप