• ट्रेण्डिङ्ग :
नियम नमान्दा ४६ म्यादीकाे जागिर चैट

नियम नमान्दा ४६ म्यादीकाे जागिर चैट


  • 7.5K
    SHARES
    • बैशाख २४, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 11.5K Views

    नियम नमान्दा ४६ म्यादीकाे जागिर चैट

    काठमाडाैं,२४ वैशाख । आचरणविपरीतका गतिविधि गरेको भन्दै ४६ जना म्यादी प्रहरी कारबाहीमा परेका छन् । कारबाहीमा परेकाहरू सेवाबाटै बर्खास्तमा परेका छन् । 

    images

    नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता विष्णुकुमार केसीले कारबाहीमा परेकाहरूमध्येमा मादक पदार्थ सेवन गर्ने, अरुलाई दुर्व्यवहार गर्ने, गालीगलौज गर्ने, खटाएको ठाउँमा नजाने, समयमा ड्युटीमा नआउने, अनावश्यक टिकाटिप्पणी गर्दै हिँड्ने र कुटपिट गर्ने काम गरेको बताए । 

    कारबाहीमा परेकामध्ये एक जना भने बलात्कार आरोपमा प्रहरी हिरासतमा छन् । उनी काठमाडौं उपत्यकामा खटिएका थिए ।  केसीका अनुसार म्यादी प्रहरीले पनि ४० दिनसम्म नेपाल प्रहरीले जसरी ‘व्यावसायिक आचरण’ पालना गर्नुपर्छ । तर, ४६ जनाबाट भने गैरव्यावसायिक आचरण प्रदर्शन भएको र उनीहरूलाई कारबाही गरिएको केसी बताउँछन् । 

    सरकारले निर्वाचन प्रयोजनका लागि एक लाख म्यादी प्रहरी भर्ना गरेको छ । उनीहरू ४० दिनसम्म खटिनुपर्छ । खटिएवापत उनीहरूका लागि सरकारले ४४ हजार ४४० रूपैयाँ  तलब तोकिएको छ । 


    तेस्रो आँखा
    लेखकबाट थप