• ट्रेण्डिङ्ग :
दोस्रो एकदिवसीय खेलमा जिम्बावे ‘ए’ नेपालसँग ९ विकेटले पराजित

दोस्रो एकदिवसीय खेलमा जिम्बावे ‘ए’ नेपालसँग ९ विकेटले पराजित


  • 7.3K
    SHARES
    • बैशाख २४, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 11.2K Views

    दोस्रो एकदिवसीय खेलमा जिम्बावे ‘ए’ नेपालसँग ९ विकेटले पराजित

    काठमाडौं, २४ वैशाख । नेपालले दोस्रो एकदिवसीय खेलमा जिम्बावे ‘ए’लाई ९ विकेटले हराएको छ ।  जिम्बावे ए ले दिएको ८८ रनको लक्ष्य नेपालले ११.२ ओभरमा १ विकेट गुमाउँदै पूरा गरेको  हो । 

    images

    नेपालका लागि सुनील धमलाले ३८ रन बनाएर आउट भए भने आसिफ शेखले नटआउट रहँदै ३४ रन बनाए । धमलालाई ब्रान्डन माभुटाले आउट गराएका थिए ।

    यसअघि टस हारेर पहिले ब्याटिङ गरेको जिम्बावे सस्तैमा समेटिएको थियो । जिम्बावे ३१.५ ओभरमा ८७ रन मात्र बनाएर अलआउट भएको थियो । उसका लागि जोनाथन क्याम्पबेलले २७ र ब्राड इभान्सले २० रन बनाए । त्यस्तै सेफास झुवाओले १० रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपालका लागि करण केसी र सोमपाल कामीले ३/३ विकेट लिए । त्यस्तै कप्तान सन्दीप लामिछानेले २ विकेट लिँदा सागर ढकालले १ विकेट लिए । यसअघि शुक्रबारको पहिलो एकदिवसीय खेलमा नेपाल जिम्बावेसँग ३ विकेटले पराजित भएको थियो ।

    जिम्बावेको ए टिम नेपालमा तीन ट्वान्टी-२० र तीन एकदिवसीय शृंखला खेल्न आएको हो । तीन ट्वान्टी-२० शृंखलामा जिम्बावेले पहिलो खेलमा नेपाललाई ६ विकेटले हराएको थियो । त्यस्तै दोस्रो खेल वर्षाका कारण रद्द गरिएको थियो । तेस्रो खेलमा भने नेपालले जिम्बावे ए लाई ८ विकेटले हराएको थियो । जिम्बावेको कुनै पनि टोली नेपालमा आएर पहिलो पटक खेलिरहेको छ । टोनी मुनिओङ्गाको कप्तानीमा रहेको जिम्बावे ‘ए’ को प्रशिक्षकमा पूर्व टेस्ट खेलाडी डगलस होन्डो रहेका छन् ।


    तेस्रो आँखा
    लेखकबाट थप