• ट्रेण्डिङ्ग :
खेलाडी-प्रशिक्षक विवादबारे छलफल गर्न एन्फा कार्यसमितिकाे बैठक बस्दै

खेलाडी-प्रशिक्षक विवादबारे छलफल गर्न एन्फा कार्यसमितिकाे बैठक बस्दै


  • 7.3K
    SHARES
    • बैशाख २५, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 11.3K Views

    खेलाडी-प्रशिक्षक विवादबारे छलफल गर्न एन्फा कार्यसमितिकाे बैठक बस्दै

    काठमाडौं, २५ वैशाख । अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति बैठक आज बस्दैछ । पछिल्लो समय नेपाली फुटबलमा देखिएको विवादको विषयमा एन्फा बैठक बस्न लागेको हो । बिहीबार एन्फाले सचिवालयले कार्यसमिति सदस्यहरुलाई पत्रचार गर्दै वैशाख २५ गते दिउँसो २ बजे बैठक उपस्थित हुन आग्रह गरेको थियो ।

    images

    एन्फा महासचिव इन्द्रमान तुलाधरका अनुसार बैठक दिउँसो २ बजे बस्नेछ । निर्वाचित कार्यसमितिका पदाधिकारीहरुलाई बैठकका लागि एन्फाले पत्राचार गरिसकेको छ । राष्ट्रिय फुटबल टिमको विषयमा छलफल गर्न बैठक बस्ने तुलाधरले जनाए । एएफसी एसियन कप छनोटको तयारीका लागि बन्द प्रशिक्षणमा रहेका १० खेलाडीलाई मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले हटाएपछि सुरु भएको विवाद दुई साता पुग्न लाग्दा पनि अझै समाधान हुन सकेको छैन ।

    त्यसपछि खेलाडीहरुले यस विषयमा निष्पक्ष छानविन गर्न माग राख्द‌ै आएका छन् । एन्फाका वरिष्ठ उपाध्यक्षसहित पदाधिकारीले पनि कार्यसमिति बैठक राख्न एन्फालाई पत्र पठाइसकेको छ । यस्तै प्रशिक्षक अल्मुताइरीले पनि एन्फालाई पत्र लेख्दै आफ्नो धारणा व्यक्त गरिसकेका छन् । फुटबल टिम विवादबारे यसअघि एन्फाले एक सदस्यीय छानविन कमिटी गठन गरेको समाचार आफ्नै वेबसाइटमा सार्वजनिक गरे पनि पछि हटाएको थियो ।


    तेस्रो आँखा
    लेखकबाट थप