ओखलढुंगा,२५ वैशाख । स्थानीय तहको निर्वाचन नजिकीदै गर्दा विभिन्न दलका उम्मेदवारहरुले घरदैलो अभियानलाई तिब्र बनाएका छन् । यो सँगै ओखलढुंगाको सिद्धिचरण नगरपालिकामा नेकपा एकिकृत समाजवादीबाट कलम चिन्ह लिएर घरदैलोमा निस्कीएका नेताहरुले पनि आफ्नो माहोल राम्रो बनाउँदै गएको बताएका छन ।
नगर प्रमुखका उम्मरेदवार तिलक लोहनी, उपप्रमुखका उम्मेदवार निर्मला श्रेष्ठ सहित वडातहका उम्मेदवारहरु जनतालाई कलम चिनाउने र मतदान गर्न उत्प्रेरित गर्ने अभियानमा लागिरहेको उपप्रमुखका उम्मेदवार निर्मला श्रेष्ठले बताइन् । नगर उपप्रमुखकी उम्मेदवार श्रेष्ठ नेकपा एमालेको पुरानो नेता हुन । पार्टी विभाजन भएर नेकपा एस गठन भएपछि उनी एमालेको प्रवृतिप्रति असन्तुष्टि जनाउँदै नेकपा एसमा लागेर पार्टी केन्द्रीय सदस्य समेत भएकी छन् । निरन्तर घरदैलोमै व्यस्त रहेको र कमलप्रति नागरिकको आशा र भरोशा बढ्दै गएकाले जित्ने आँट पलाएको श्रेष्ठले बताइन् ।
नगरपालिकामा कांग्रेस–माओवादीबीचको गठबन्धन, नेकपा एमाले र नेकपा एसका उम्बीमेदवार चुनावी मैदानमा छन । दुइवटै पार्टीमा महिला उम्मेदवार नभएकाले आफूले उपप्रमुखमा बाजी मार्ने दाउ निर्मलाको छ । वडा स्तरको घरदैलोमा जाँदा सबैबाट राम्रो आश्वासन आएको उनले बताइन् । गठबन्धनमा महिला नभएको, एमाले र गठबन्धनका असन्तुष्ट नेता कार्यकर्ताहरुको साथ रहेकाले नगरपालिकामा श्रेष्ठ अब्बल प्रतिस्पर्धिका रुपमा मैदानमा रहेको नेकपा एसका जिल्ला अध्यक्ष हंशराज वाग्लले बताए ।
दशकौंदेखि राजनीति र समाजसेवामा सक्रिय रहेकी श्रेष्ठ गठबन्धन र एमालेका उम्मेदवार भन्दा राम्रो माहौल निर्माण गरेर चुनावी मैदानमा आएको वाग्लेको भनाइ छ । त्रिपक्षिय प्रतिस्पर्धामा उनी मात्र महिला उम्मेदवार भएको, पार्टीको केन्द्रीय सदस्य, नगरपालिकामा परिचित राजनीतिकर्मी भएकाले मतदाताले रुचाएका उम्मेदवाका रुपमा श्रेष्ठलाई हेरिएको नेकपा एकीकृत समाजवादी ओखलढुंगाले जनाएको छ ।
