• ट्रेण्डिङ्ग :
आर्यघाटको डिजाइन आफै मरौं मरौं जस्तो लाग्ने बनाउँछु –केशव स्थापित

आर्यघाटको डिजाइन आफै मरौं मरौं जस्तो लाग्ने बनाउँछु –केशव स्थापित


  • 10.1K
    SHARES
    • बैशाख २६, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 15.6K Views

    आर्यघाटको डिजाइन आफै मरौं मरौं जस्तो लाग्ने बनाउँछु –केशव स्थापित

    काठमाडाैं,२६ वैशाख । स्थानीय तहको निार्वचनमा काठमाडौं महानगरपालिकाका एमालेको तर्फबाट मेयरका उम्मेदवार दैनिकजसो कुनै न कुनै फण्डा गरेर चर्चामा आउने गरेका छन् ।  गत वैशाख १५ मा धुम्बाराहीस्थित नेश्नल कलेजमा भएको चुनावी एजेण्डाको छलफलमा एक छात्राले उठाएको प्रश्नमा आक्रमक भएर धम्कीपूर्ण भाषा प्रयोग गरी विवादमा आएका स्थापीतप्रति फेरी स्वतन्त्र उम्मेदवार बालेन शाहलाई तराइको ठग भनेपछि थप विरोध भएको थियो ।

    images

    उनी चुनावी अभियानका क्रममा कतिवेला के बोल्ने भन्ने सम्म ख्याल गर्न छाडेका छन् ।  चुनावी अभियानकै क्रममा मेयरका उम्मेदवार स्थापितले पशुपति आर्यघाट व्यवस्थित बनाउँने अभिव्यक्ति भाइरल भएको छ । लास जलाउने ठाउँको डिजाइन निकै राम्रो गरेको उनले बताए । ‘पशुपति विकास कोष भनेको कुनै हालतमा काठमाडौं महानगरपालिका अन्र्तगत आउनु पर्छ नभए काम हुदैन, उनले भने, ‘ लास जलाउने ठाउँमा डिभाइस डिजाइन गरेको छु । त्यो यस्तो गज्जबको हुदोरैछ की म आफै त्यही सुतेर मरौ जस्तो हुन्छ ।’ उनले थपे,‘आर्यघाटमा मलामी जानेहरुलाई उ किन मरेको होला ? म आफै मरौं जस्तो लाग्ने ठाउँ बनाउँछु ।’

    अहिले त त्यहाँ कसका पालमा कमिशन लिएर कसलाई नियुक्ति गर्ने र लुट्नेबाहेक केही हुन नसकेको भन्दै स्थापितले चिता जलाउँने ठाउँदेखेर मलामी गएका मान्छेहरु आफै सुतेर मर्न तयार हुनेखालको बनाउने बताए । उनको यो अभिक्ति सामाजिक सञ्चालमा भाइरल बनेको छ । उनी गत वैशाख १५ मा धुम्बाराहीस्थित नेश्नल कलेजमा भएको चुनावी एजेण्डाको छलफलमा एक छात्रा  भावना राउतले सोधेको प्रश्नमा आक्रमक बन्दै  राउतलाई धम्की दिएर विवदामा आएका थिए । त्यसवेला  राउतको स्थापितमाथि लाग्दै आएको ‘मिटु’को आरोपबारे प्रश्न सोध्न सोधेकी थिइन् ।

    प्रश्न सकिन नपाउँदै राउतलाई ‘यु आर नाइस लेडी बट थुतुनो ठिक भएन’ भनेर सार्वजनिक मञ्चबाट आपत्तिजनक टिप्पणी सँगै ‘म भोलि यो महिलाले प्रोस्टिच्यूसन (वेश्यावृत्ति) गर्छ भनेर छपाउँ’ भनेर धम्क्याएका थिए । केशव स्थापितलाई ‘मी टु’ आरोप लागेको छ । उनी अफ्नै कार्यालयमा कार्यरत रस्मिला प्रजापति लाई यौन दुव्यवहार गरेके प्रकरणमा विवादीत बन्दै अएका छन्  ।

    उनले मनोनयन दर्ताकै दिन आफूमाथि लागेको यौन दुव्र्यवहारको आरोपका विषयमा बोल्दै यस्ता विवादहरु नआए केशव स्थापित केशव स्थापित नै नहुँने बताएका थिए । केहीदिन अघि मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहलाई तराइको ठग भनेर विवादमा परेका उनलाई निर्वाचन आयोगले ३ पटक स्पष्टीकरण सोधिसकेको छ । 


    तेस्रो आँखा
    लेखकबाट थप