• ट्रेण्डिङ्ग :
गाउँपालिका अध्यक्षका उम्मेदवार लोकेन्द्र राना प्रहरीकाे नियन्त्रणमा

गाउँपालिका अध्यक्षका उम्मेदवार लोकेन्द्र राना प्रहरीकाे नियन्त्रणमा


  • 8.8K
    SHARES
    • बैशाख २६, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 13.6K Views

    गाउँपालिका अध्यक्षका उम्मेदवार लोकेन्द्र राना प्रहरीकाे नियन्त्रणमा

    बैतडी,२६ वैशाख । बैतडीको डिलासैनी गाउँपालिकाको अध्यक्षका उम्मेदवार लोकेन्द्र रानालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पुर्चौडी बहुमुखी क्याम्पसका प्राध्यापक रामदत्त जोशीमाथि कुटपिट गरेको आरोपमा प्रहरीले अध्यक्षका उम्मेदवार रानालाई  नियन्त्रणमा लिएको हो ।

    images

    जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता लोकेन्द्र जोशीका अनुसार अध्यक्षका उम्मेदवार राना र घाइते भएका जोशी पक्षबीच गोकुलेश्वर प्रहरी चौकीमा छलफल भइरहेको बताए । घटनाको बारेमा जानकारी लिन रानालाई नियन्त्रणमा लिएको उनको भनाइ छ ।

    अध्यक्षका उम्मेदवार राना र उनका समर्थकले स्वतन्त्र उम्मेदवारको चुनाव प्रचार गरेको भन्दै प्राध्यापकमाथि कुटपिट गरेको पीडित पक्षले बताएको छ । डिलासैनी गाउँपालिका-५ बिनाबस्तीका वासिन्दा जोशीको दुबै खुट्टामा गम्भीर चोट लागेको उनका भाइ दीपकराज जोशीले जानकारी दिए डिलासैनीमा नेपाली कांग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादीबीच गठबन्धन छ । 


    तेस्रो आँखा
    लेखकबाट थप