काठमाडाैं,२६ वैशाख । नेपाली कांग्रेसका प्रवक्ता तथा स्थानीय तह निर्वाचन प्रचार प्रसार समितिका संयोजक डा. प्रकाशशरण महतले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको विशेषता नै झुटो बोल्ने, कुरा मात्रै गर्ने काम नगर्ने भएको बताएका छन् । पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा महतले एमाले कांग्रेसको नीति तथा कार्यक्रमको साँवा र ब्याज खाने र गफ लगाएर जनता ढाट्ने पार्टी भएको बताएका हुन ।
डा. महतले एमाले अध्यक्ष ओलीले हिजो मतदातालाई ६७ बुँदे अपिल सार्वजनिक गर्ने क्रममा कांग्रेसमाथि लगाएका आरोपलाई झुटनको पुलिन्दाको संज्ञा दिए । उनले भने, ‘एमाले अध्यक्ष ओलीको विशेषता नै झुटो बोल्ने, कुरा मात्रै गर्ने तर काम नगर्ने हो, यसमा कोही भ्रममा पर्नु हुदैन ।’ ओली सबै दृष्टिकोणबाट असफल भएर सरकारबाट बाहिरिएको टिप्पणी गर्दै महतले ओली नेतृत्वको सरकारको पालामा ऋण लिएर घ्यु खाने काम मात्रै भएको थियो । उनले थपे,‘ओली सरकारमा रहिरहेको भए देश श्रीलंका भइसक्थ्यो ।’
स्थानीय तहको निर्वाचन नजिक आइसकेका भन्दै महतले सबै मतदाताहरुलाई समयमै आफ्नो मदतदान केन्द्रमा पुग्ने र गठबन्धनका उम्मेदवारहरुलाई मत दिएर जिताउन लागी पर्न आग्रह गरे । गठबन्धन देश र जनताको आवश्क्ता भुगोलको विकास र समृद्धिका लागि भएकाले ओलीका गफमा नलागि गठबनधनका उम्मेदवारलाई मदतान गर्न अनुरोध गरे ।
ओलीका गफ सुनेर नेकपा एमालेका कार्यकर्ता समेत दिक्क भैसकेका भन्दै विकास,शुशासन र समृद्धिका पक्षमा एमालेलाई मतदान गर्ने मतदाताहरुले समेत गठबन्धनका उम्मेदवारलाई मतदान गर्ने बताए। आज मात्रै तनहुँ शुक्लागण्डकीमा नेकपा मालेबाट उपमेयरको उम्मेदवार शिवप्रसाद लम्साल नेपाली कांग्रेसमा प्रवेश गरेकाे उनले सम्झाए ।
