• ट्रेण्डिङ्ग :
कांग्रेसबाट निर्वाचित वडाध्यक्ष घागामगरको निधन

कांग्रेसबाट निर्वाचित वडाध्यक्ष घागामगरको निधन


  • 7.8K
    SHARES
    • बैशाख २६, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 12.0K Views

    कांग्रेसबाट निर्वाचित वडाध्यक्ष घागामगरको निधन

    काठमाडौं, २६ वैशाख । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्माका वडाध्यक्ष धनबहादुर घागामगरको निधन भएको छ । फोक्सोमा पानी जमेपछि बिरामी भएका उनको ८२ वर्षको उमेरमा सोमबार आफ्नै निवासमा निधन भएको हो ।

    images

    घागामगरलाई यही वैशाख ७ गते उपचारका लागि नोवेल अस्पताल विराटनगर लगिएको थियो । उनलाई अस्पतालबाट गए राति घर लगिएको गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले जानकारी दिए । उनी विसं २०७४ को स्थानीय तह निर्वाचनमा घागामगर कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका थिए । उनी २०३३ देखि निरन्तर जनप्रतिनिधिको भूमिकामा सक्रिय रहेका थिए ।   

    कांग्रेस दिप्रुङ चुइचुम्मा गाउँपालिका सभापति अमृत गिरीका अनुसार मुटु र फोक्सोको रोगबाट पीडित घागामगरलाई विराटनगरमा उपचार सम्भव नभएपछि घर लगिएको थियो । उनी २०२२ देखि राजनीतिमा सक्रिय थिए । घागामगर २०३३ सालमा वडाध्यक्ष, २०३८ सालमा प्रधानपञ्च र २०४९ सालमा गाविस अध्यक्षमा निर्वाचित भएका थिए । उनको निधनले पार्टीलाई मात्र नभइ जिल्लालाई क्षति पुगेको नेपाली कांग्रेस खोटाङका सभापति विष्णुकुमार राईले बताए। उनको आजै दाहसंस्कार गरिएको बताइएको छ । 


    तेस्रो आँखा
    लेखकबाट थप