• ट्रेण्डिङ्ग :
स्थानीय तह निर्वाचन
सिद्धिचरण नगरपालिकामा परिक्षण भैसकेका र नयाँ अनुहारबीच प्रतिष्पर्धा, कसले मार्ला बाजी ?

सिद्धिचरण नगरपालिकामा परिक्षण भैसकेका र नयाँ अनुहारबीच प्रतिष्पर्धा, कसले मार्ला बाजी ?


  • 16.3K
    SHARES
    • बैशाख २७, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 25.1K Views

    सिद्धिचरण नगरपालिकामा परिक्षण भैसकेका र नयाँ अनुहारबीच प्रतिष्पर्धा, कसले मार्ला बाजी ?

    ओखलढुंगा,२७ वैशाख । आठवटा स्थानीय तह रहेको ओखलढुंगामा एकमात्र नगरपालिका छ । स्थानीय तहको निर्वाचन नजिकीदै गर्दा सिद्धिचरण नगरपालिकामा कसले बाजी मार्ला भन्ने चर्चा चलेको छ । नगरपालिकामा नेपाली कांग्रेस–माओवादी केन्द्रबीचको गठबन्धन र एमालेबीच प्रतिष्पर्धा छ । नेकपा एकीकृत समाजवादी र जनता समाजवादीले पनि उम्मेदवारी दिएको बताएका छन् ।  सत्ता गठबन्धनबीच तालमेल गर्ने भनेपनि कुरा मिल्न नसक्दा कांग्रेस माओवादीसँगमात्रै सहकार्य भएको नेताहरुले बताएका छन् ।  तालमेलका विषयमा कुरा नमिले पनि गठबन्धन दलबीच मित्रवत प्रतिष्पर्धा हुने नेताहरुको भनाइ छ ।

    images

    सिद्धिचरण नगरपालिकामा गठबन्धनको तर्फबाट कांग्रेस सभापति तेजेन्द्र खनाल र एमालेबाट प्रदेश कमिटी सदस्य पूर्व उपमेयर इच्छाकुमारी गुरुङबीच प्रतिशपर्धा हुने देखिन्छ । एमालेका मेयर र उपमेयर दुबै उम्मेदवार जनताले एक पटक परिक्षण गरिसकेका व्यक्ति हुन् । उनीहरुले अघिल्लो पटक जितेर जनतालाई राहत हुने खास के काम गरे ? त्यसको हिसाव खोज्ने दिन आएको सिद्धिचरण नगरपालिका जनताले बताएका छन् । एमालेको तर्फबाट मेयरका प्रत्यासी इच्छाकुमारी गुरुङले पाँच वर्षमा नगरको पैसामा ढलिमलि गरेर भाषण गर्दै हिड्ने, आफू निकटका व्यक्तिहरुलाई पुरस्कार र सहयोगका नाममा पैसा र योजनाहरु बाड्ने, सबै योजनाहरु रुम्जाटार केन्द्रीत गर्ने र उपभोत्तासमतिबाट अदृष्यरुपमा कमिशन लिने बाहेक केही नगरेको एमालेकै नेताहरुले बताउँछन् ।  

    त्यही प्रबृतिको विरुद्धमा आफूले स्वतन्त्र उम्मेदवारी दिएको एमालेका नेता स्वतन्त्र उम्मेदवार सिताराम गुरुङ बताउँछन् । एमालेको तर्फबाट उपप्रमुखका उम्मेदवार केदारबाबु बस्नेत पनि वडाअध्यक्ष हुदा कर्मचारीको पैसा हिनामिना लगायत विभिन्न काण्डमा मुछिएका व्यक्ति हुन् । गठबन्धनको तर्फबाट दुवै उम्मेदवार नायाँ अनुहार हुन । मेयरका उम्मेदवार तेजेन्द्र खनाल करिव ३ दशक राजनीतिमा लागेर निरन्तर जनताको सेवामा छन भने उपप्रमुख रुपेश शाक्य पनि सानै उमेरदेखि एमालेको राजनीति गरेर माओवादीमा आएका नेता हुन । उनी अघिल्लो निर्वाचनमा माओवादीको तर्फबाट मेयरका प्रत्यासी समेत हुन ।

    यी दुवै नेताहरु आर्थिक मामिलामा नफसेका कारण नगरको नेतृत्व यसपटक उनीहरुकै पक्षमा जाने सिद्धिचरण नगरपालिका वडा नम्बर २ का स्थानीय रमेश श्रेष्ठले बताए । ‘अहिले माहोल तेजेन्द्र समूहको छ’, उनले भने, ‘पहिला त कांग्रेस–माओवादी गठबन्ध छ, अर्को कुरा एमालेभित्र विद्रोह छ, अनि एमालेका उम्मेदवारहरु एक पटक जनताले परिक्षण गरिसकेका कारण यो पटक गठबन्धको पक्षमा बलियो जनाधार देखिएको छ ।’ अघिल्लो पटक १२६ मतले जितेको नगरपालिकामा माओवादी एक्लै लड्दा १२०० ल्याएको थियो । नेकपा एसमा आवद्ध नेताहरु पनि एमालेमै थिए भने बाघी उम्मेदवार सिताराम गुरुङ पनि एमाले जिताउन शशक्तरुपमा लागेका थिए ।

    अहिलेको अवस्थामा एमालेलाई शाख जोगाउन निकै मुस्कील पर्ने नगरपालिाका एक नेताले बताए । गठबन्धनको तर्फबाट मेयरका उम्मेदवार कांग्रेस जिल्ला सभापति तेजेन्द्र खनाल गठबन्धनको टिमले वडासमेत सबै जित्ने दावी गर्छन । ‘हामीले नगरपालिकाको विकास समृद्धि र नगरबासीको उन्नतिका लागि नयाँ योजनाका साथ नगर हाक्ने संकल्प गरेका छौं’, खनालले भने,‘नगरपालिकाको स्वास्थ्य,शिक्षा,कृषि,पर्यटन,भौतिक पूर्वाधार र सामाजिक सांस्कृतिक विकासको खाका हामीसंग छ, त्यसकारण हामीले हा¥यौभने सिंगो नगरले हार्छ ।’ एमालेका उम्मेदवारले पाँच वर्ष सम्म गरेका कामको हिसाव माग्ने दिन आएको भन्दै आम नगरवासी नागरिकले त्यसलाई राम्रोसँग बुझेको बताए । 

    नगरको समृद्धि,विकास र नगरबासीको उन्नतकिा लागि विद्यार्थीलाई इन्टरनेटको पहुच सामुदायिक विद्यालयको शैक्षिक सुधार गरी प्रविधिमैत्री शिक्षण शिकाइको प्रबन्ध गर्ने, स्वास्थ्य विमा लागु गर्ने, अशक्त असाहयहरुलाई निशुल्क स्वास्थ्यउपचारको व्यवस्थ गर्ने, स्वास्थ्य संस्थाहरुको स्तारोन्ति अस्पतालमा अक्सीजन प्लान्टको व्यवस्था, बजार व्यवस्थि गर्ने, फोहोरमैला व्यवस्थापनमा विशेष ध्यान दिने, नगरपालिका भित्रका सबै सडकहरु बह्रैमहिना सञ्चालन गर्ने व्यवस्था मिलाउने । मूख्य सडकहरु कालोपत्र गर्ने, वडा नम्बर ११ र १२ को बजार क्षेत्रलाई व्यवस्थित र स’न्दर शहर निर्माणका लागि विशेष योजना ल्याएको खनालले बताए । 

    उनले नगरक्षेत्रभित्र रहेका पर्यटकीय तथा धार्मीक स्थललाई व्यवस्थित गर्नै संरक्षण सम्बद्धन गरी आन्तरिक तथा वाह्य पर्यटकहरुलाई आकर्षण गर्न विशेष योजनाहरुबनाएर नगरको आन्तरिक श्रोत बढाउने काम गर्ने, ज्येष्ठ नागरिक,महिला बालबालिका , तथा किशोरीहरुका लागि विशेष कार्यक्रमहरु ल्याउने पनि आफ्नो योजना रहेको सुनाए । खनालले युवा लक्षित क्षमता तथा नेतृत्व विकासमा जोड दिने र स्वरोजगारमूलक तालिमहरुको आयोजना गरी हरेक युवालाई रोजगारीसँग जोड्ने गठबन्धनको योजना रहेकाले सबै नगरबासी नागरिकलाई कत्तिपनि विचल्लीत नभइ सहयोग गर्न अनुरोध समेत गरेका छन् । 

    स्थानीय तहको निर्वाचनको मुखमा दलका तथा उम्मेदवारहरुले आफ्ना एजेण्डाहरु जनतामाझ लगेर उनीहरुसँग भोट बटुल्ने काममा व्यस्त देखन्छिन । जनतामाझ जाँदा नर्ग नसकिने काम नगलेको र जे योजना बनाएको छ त्यसलाई कार्यन्वायनमा लाने र जनतालाई सहज र सरल सेवा दिने स्थानीय सरकाकरको उद्देश्य अनुरुप काम गर्ने खनालले प्रतिबद्धता जनाए । गठबन्धनका उपप्रमुखका उम्मेदवार रुपेश शाक्यले पनि उल्लेखित योजनाहरु गठबन्धनका सामूहकि योजना भएकाले चुनाव जितेको खण्डमा अक्षरस कार्यन्वायन गरेर जान सकिने बताए । नगरको जनलहर हेर्दा प्रतगिमनको पक्षधर एमालेलाई जनताले यसपटक जिम्मेवारी नदिनेर र गठबन्धनका उम्मेदवारलाई जिताउने अभियान सुरुभएको शाक्यले बताए ।    

     


    तेस्रो आँखा
    लेखकबाट थप