• ट्रेण्डिङ्ग :
निर्वाचनलाई वर्षाले प्रभावित पार्न नसक्ने, व्यवस्थापनका लागि स्थानीय तहहरुलाई निर्देशन

निर्वाचनलाई वर्षाले प्रभावित पार्न नसक्ने, व्यवस्थापनका लागि स्थानीय तहहरुलाई निर्देशन


  • 6.4K
    SHARES
    • बैशाख २७, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 9.9K Views

    निर्वाचनलाई वर्षाले प्रभावित पार्न नसक्ने, व्यवस्थापनका लागि स्थानीय तहहरुलाई निर्देशन

    काठमाडाैं,२७ वैशाख ।  निर्वाचन आयोगले बैशाख ३० गतेको निर्वाचनलाई वर्षाले प्रभावित पार्न नसक्ने व्यवस्थापनका लागि स्थानीय तहहरुलाई निर्देशन दिएको छ । मौसमविद्हरुले हाल नेपालमा स्थानीय वायु र भारतको बिहारदेखि पश्चिम बङ्गालसम्म बनेको न्यून चापीय प्रणालीका साथै पश्चिमी वायुको संयुक्त प्रभाव रहेको र त्यसले बैशाख ३० गतेको निर्वाचनका दिन पानी पर्ने सम्भावना रहेकोले निर्वाचन केन्द्र, मतपेटिका र गणनाको सुरक्षाका लागि आयोगलाई सुझाव दिइरहँदा आयोगले मतदान हुनेसबै मतदान केन्द्रहरुमा वर्षातको पानीबाट मतदान कार्य र सो पश्चात मतगणना कार्य प्रभावित नहुनेगरी जोगाउने व्यवस्थाका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत सबै स्थानीय तहहरुलाई निर्देशन दिएको जनाएको छ ।

    images

    त्यसका साथै आवश्यक समन्वय एवं सहजीकरणका लागि गृह मन्त्रालय मार्फत सबै प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन गर्ने निर्णय गरिएको आयोगले जनाएको छ ।  त्यसका लागि पाल त्रिपाल वा प्लास्टिकको व्यवस्था गर्न सबै स्थानीय तहहरुले सम्बन्धित निर्वाचन अधिकृत, मतदान अधिकृत र प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरी आवश्यक व्यवस्था मिलाउन आयोगले निर्देशन दिएको हो ।


    तेस्रो आँखा