• ट्रेण्डिङ्ग :
सागकी स्वर्ण विजेता सञ्जु झुन्डिएको अवस्थामा मृत फेला

सागकी स्वर्ण विजेता सञ्जु झुन्डिएको अवस्थामा मृत फेला


  • 10.0K
    SHARES
    • बैशाख २७, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 15.4K Views

    सागकी स्वर्ण विजेता सञ्जु झुन्डिएको अवस्थामा मृत फेला

    काठमाडाैं, २७ वैशाख । नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद ९साग० मा भारोत्तोलनतर्फ स्वर्ण पदक विजेता सञ्जु चौधरी मंगलबार मृत भेटिएकी छन् । ललितपुरको लुभुस्थित प्रशिक्षक सञ्जय महर्जनको घरमा बस्दै आएकी चौधरीलाई मंगलबार विहान मृत अवस्थामा फेला पारिएको हो ।

    images

    चौधरीले सागमा महिला ५९ केजी तौल समूहमा स्वर्ण जितेकी थिइन् । चौधरी नेपाललाई सागमा भारोत्तोलनमा स्वर्ण पदक दिलाउने पहिलो खेलाडी हुन् । २३ वर्षीय चौधरी हाल एसियाली खेलकुदको तयारीमा थिइन् । उनी एसियाली खेलकुदका लागि नेपालगञ्जबाट छनोट भएकी थिइन् । चौधरी छनोटमा सहभागी १६ जनामध्येबाट छानिएकी थिइन् । 


    तेस्रो आँखा
    लेखकबाट थप