• ट्रेण्डिङ्ग :
जेलमा हिंसा हुँदा ४४ को मृत्यु, १०८ फरार

जेलमा हिंसा हुँदा ४४ को मृत्यु, १०८ फरार


  • 11.7K
    SHARES
    • बैशाख २७, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 17.9K Views

    जेलमा हिंसा हुँदा ४४ को मृत्यु, १०८ फरार

    एजेन्सी, २७ वैशाख । इक्वेडरको एक जेलमा भएको भयानक हिंसात्मक घटनामा परी सोमबार कम्तीमा ४४ कैदीको मृत्यु भएको छ । 

    images

    सरकारी अधिकारीहरूले दिएको जानकारी अनुसार घटनामा परी अन्य १०० भन्दा बढी कैदीहरू भाग्न सफल भएका छन । क्विटोबाट करिब ८० किलोमिटर टाढा इक्वेडरको मध्यभागमा अवस्थित सान्टो डोमिङ्गो डे लस कोलोराडोसको बेलाभिस्टा जेलभित्र प्रतिद्वन्द्वी लस लोबोस र आर ७ गिरोहबीच झगडा भएको अधिकारीहरूले बताएका छन् । 

    जेलमा जारी हिंसाको क्रममा १०८ कैदी फरार भएका छन् भने जेलबाट भागेका ११२ जनालाई पुनः पक्राउ गरिएको प्रहरी प्रमुख फाउस्तो सलिनास्ले जानकारी दिए ।


    तेस्रो आँखा
    लेखकबाट थप