• ट्रेण्डिङ्ग :
स्थानीय तह निर्वाचन-२०७९
बाग्लुङमा मतगणनास्थलको तयारी पूरा

बाग्लुङमा मतगणनास्थलको तयारी पूरा


  • 7.8K
    SHARES
    • बैशाख २९, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 12.0K Views

    बाग्लुङमा मतगणनास्थलको तयारी पूरा

    काठमाडौं, २९ वैशाख । बागलुङमा सुरक्षित तरिकाले मतगणना गर्न मतगणनास्थलको तयारी गरिएको छ । बागलुङका १० वटै पालिकामा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयले सिसी क्यामेरासहित तारजालीको व्यवस्था गरी मतगणनास्थल निर्माण गरिएको जनाएका छन् । 

    images

    भोलि हुने स्थानीय तहको निर्वाचनको मतदानपछि पाकिलाले मतगणना गर्न स्थलको तयारी पूरा गरेको बागलुङका मुख्य निर्वाचन अधिकृत वासुदेव न्यौपानेले जानकारी दिए। उनकाअनुसार सबै मतगणनास्थल तारबारसहित सुरक्षितसमेत बनाइएको छ । 

    बागलुङको चार नगरपालिका र छ गाउँपालिकामध्ये बागलुङ नगरको मतगणना जिल्ला समन्वय समितिको सभाहल, जैमिनी नगरले १ नं वडास्थित सभाहल, गलकोट नगरको पुरानो गलकोट माध्यामिक विद्यालयको भवन, ढोपाटन नगरले बुर्तिबाङस्थित उत्तरगङ्गा माविको भवनमा तयारी गरिएको हो । यस्तै तमानखोला गाउँपालिकाको आफ्नै सभाहलमा, निसीखोला गाउँपालिकाको सभाहलमै तथा बडिगाड, ताराखोला, काठेखोला र बरेङ गाउँपालिकाले मतगणनास्थल तयारी गरिसकेको जनाएका छन् । मतगणनास्थलमा मतपत्र च्यात्ने, भीडभाड हुने लगायतका घटना नहोस भन्ने उद्देश्इले सिसी क्यामेरा र तारबारसहित सुरक्षित गरएको स्थानीय तहस्थित निर्वाचन अधिकृतको कार्यालयले जनाएका छन् । 

  • सम्बन्धित विषय:

  • # स्थानीय तह निर्वाचन

  • तेस्रो आँखा
    लेखकबाट थप