• ट्रेण्डिङ्ग :
एक युवा मृतावस्थामा फेला

एक युवा मृतावस्थामा फेला


  • 7.3K
    SHARES
    • बैशाख २९, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 11.3K Views

    एक युवा मृतावस्थामा फेला

    काठमाडौं, २९ वैशाख । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–१ दुम्जाका एक युवक मृतावस्थामा फेला परेका छन् । 

    images

    बुधबार साँझ दोभानबाट आफ्नो घर खोक्लिङतर्फ गएका २४ वर्षीय विमल कार्की मृतावस्थामा फेला परेका हुन् । जेसिबी अपरेटरका रुपमा काम गर्दै आएका उनी मतदानका लागि छुट्टी लिएर घरतर्फ गएका थिए । बेलुकासम्म परिवारसँग सम्पर्क भए पनि समयमा घर नपुगेपछि खोजतलास गर्ने क्रममा मृतावस्थामा फेला परेको स्थानीयले बताएका छन् । घटनाका सम्बन्धमा अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।


    तेस्रो आँखा
    लेखकबाट थप