• ट्रेण्डिङ्ग :
वीरगञ्ज महानगरपालिकाको मतगणना सुरु

वीरगञ्ज महानगरपालिकाको मतगणना सुरु


  • 8.2K
    SHARES
    • बैशाख ३१, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 12.6K Views

    वीरगञ्ज महानगरपालिकाको मतगणना सुरु

    काठमाडौं, ३१ वैशाख । पर्साको वीरगञ्ज महानगरपालिकाको मतगणना सुरु भएको छ। वीरगञ्ज महानगरपालिका–१४ पिपरास्थित नृसिंह माध्यमिक विद्यालयको ‘सी’ ब्लकमा मतगणना सुरु भएको छ।

    images

    पर्सामा मधेस प्रदेशको एकमात्र महानगरपालिका, वीरगञ्ज महानगरसहित अन्य तीन वटा नगरपालिका र १० वटा गाउँपालिका रहेका छन्। १४ वटा पालिकामध्ये हालसम्म सात वटा पालिकामा मात्र मतगणना सुरु भएको हो।

    वीरगञ्ज महानगरपालिकाकासहित हालसम्म बहुदरमाई नगरपालिका, ठोरी गाउँपालिका, कालीकामाई गाउँपालिका, धोविनी गाउँपालिका, छिपहरमाई गाउँपालिका र सखुवाप्रसौनी गाउँपालिकामा मतगणना जारी छ।

    यद्यपि अन्य पालिकामा सर्वपक्षीय छलफलपछि मात्र मतगणना सुरु गरिने छ। जिल्लाको १४ वटै पालिकामा मतगणनाका लागि मतगणना स्थलमा आवश्यक फलामे तारजालीसहित सिसीटिभी जडान गरी व्यवस्थापना मिलाइएको छ। पर्सा जिल्लामा रहेका कूल १४ वटा पालिकाका विभिन्न पदका लागि कूल तीन हजार २९७ चुनावी प्रतिस्पर्धामा छन्।

  • सम्बन्धित विषय:

  • # स्थानीय तह निर्वाचन

  • तेस्रो आँखा
    लेखकबाट थप