• ट्रेण्डिङ्ग :
दैलेखको नौमूले गाउँपालिका वडा नम्बर १ र २ मा नेपाली कांग्रेसका उम्मेदवार विजयी

दैलेखको नौमूले गाउँपालिका वडा नम्बर १ र २ मा नेपाली कांग्रेसका उम्मेदवार विजयी


  • 9.1K
    SHARES
    • बैशाख ३१, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 14.0K Views

    दैलेखको नौमूले गाउँपालिका वडा नम्बर १ र २ मा नेपाली कांग्रेसका उम्मेदवार विजयी

    काठमाडौं, ३१ वैशाख । दैलेखको नौमूले गाउँपालिका वडा नम्बर १ र २ मा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्। वडा नम्बर १ को वडाध्यक्षमा रुपेशकुमार थापामगर र २ को वडा अध्यक्ष पदमा दुर्गप्रसाद न्यौपाने विजयी भएका हुन्।

    images

    वडा नम्बर १ को अध्यक्षमा विजयी भएका थापामगरले ४ सय मत प्राप्त गरेका छन्। उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका नामाखर शर्माले ३ सय ८६ मत प्राप्त गरेका छन्। यस्तै एकीकृत समाजवादीका हरिबहादुर थापामगरले ३ सय मत प्राप्त गरेका छन्।

    वडा नम्बर २ मा विजयी भएका दुर्ग प्रसाद न्यौपानेले ४८२ मत प्राप्त गर्दै विजयी भएका हुन। एमालेका उम्मेदवारले ४०५ र माओवादी केन्द्रका उम्मेदवारले ३११ मत प्राप्त गरेका जनाइएको छ।

     

  • सम्बन्धित विषय:

  • # स्थानीय तह निर्वाचन

  • तेस्रो आँखा
    लेखकबाट थप