• ट्रेण्डिङ्ग :
डोटीको बडिकेदार गाउँपालिकामा कांग्रेस विजयी

डोटीको बडिकेदार गाउँपालिकामा कांग्रेस विजयी


  • 7.2K
    SHARES
    • जेठ १, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 11.0K Views

    डोटीको बडिकेदार गाउँपालिकामा कांग्रेस विजयी

    काठमाडौं, १ जेठ । डोटीको बडिकेदार गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । नौवटा स्थानीय तह रहेको डोटीमा पहिलो पटक कांग्रेसले आफ्नो विजयको सुरुआत गरेको हो ।
     
    निर्वाचन अधिकृत वसन्तबहादुर बोहराका अनुसार कांग्रेसबाट गाउँपालिका अध्यक्षकाका उम्मेदवार भैरवबहादुर साउदले २,३४३ मत प्राप्त गरी विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का चक्रबहादुर घर्तीले एक हजार ६८४ मत प्राप्त गरे । 

    images

    यसैगरी उपाध्यक्षमा कांग्रेसकै डम्मरीकुमारी विष्ट (कलेल) ले दुई हजार ४०७ मत प्राप्त गरी विजयी भइन् । उनका निकटम प्रतिद्वन्द्वी नेकपा (एमाले) की सपना सिराडीले दुई हजार २७६ मत प्राप्त गरिन् । गठबन्धन दलका तर्फबाट अध्यक्षका उम्मेदवार बनेकी नेकपा (एकीकृत समाजवादी) का भक्तबहादुर साउदले एक हजार ४७१ मत प्राप्त गरे । गठबन्धनका तर्फबाट उपाध्यक्षको उम्मेदवार बनेकी नेकपा (माओवादी केन्द्र) की देवीसरा घर्तीले ८३२ मत प्राप्त गरिन् ।

    यसैगरी वडा नं १ बाट वडाध्यक्षमा नेपाली कांग्रेसका डबलबहादुर बोहरा, वडा नं ३ बाट कांग्रेसकै रामबहादुर गुरुङ, वडा नं २ बाट नेकपा माओवादी केन्द्रका प्रेमबहादुर घर्तीमगर, वडा नं ४ बाट नेकपा एमाले का कर्णबहादुर जेठारा, वडा नं ५ बाट एमालेकै पदमसिंह बोहरा विजयी भए । 


     

  • सम्बन्धित विषय:

  • # स्थानीय तह निर्वाचन

  • तेस्रो आँखा
    लेखकबाट थप