• ट्रेण्डिङ्ग :
स्थानीय तह निर्वाचन-२०७९
ओखलढुंगा मानेभञ्ज्याङको अध्यक्षमा स्वतन्त्र उम्मेदवार ज्ञानेन्द्र रुम्दाली निर्वाचित

ओखलढुंगा मानेभञ्ज्याङको अध्यक्षमा स्वतन्त्र उम्मेदवार ज्ञानेन्द्र रुम्दाली निर्वाचित


  • 9.5K
    SHARES
    • जेठ २, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 14.6K Views

    ओखलढुंगा मानेभञ्ज्याङको अध्यक्षमा स्वतन्त्र उम्मेदवार ज्ञानेन्द्र रुम्दाली निर्वाचित

    काठमाडौं, २ जेठ । ओखलढुंगा जिल्लाको मानेभञ्ज्याङ गाउँपालिकाको अध्यक्षमा ज्ञानेन्द्र रुम्दाली निर्वाचित भएका छन् । नेपाली कांग्रेससँग गठबन्धन गरी स्वतन्त्र उम्मेदवार रुम्दालीले पाँच हजार २१ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका रुपलाल तामाङलाई १२०६ मतान्तरले पछि पार्दै रुम्दाली निर्वाचित भएका हुन् । तामाङले तीन हजार आठ सय १५ मत प्राप्त गरेका छन् ।

    images

    गाउँपालिका उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार आश्रचन राई निर्वाचित भएका छन् । निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका दीपेन्द्र रुम्दालीलाई दुई हजार १७३ मतले पछि पार्दै उपाध्यक्षमा निर्वाचित भएका हुन् । राईले चार हजार सात सय ५० मत ल्याउदा रुम्दालीले दुई हजार ५७७ मत प्राप्त गरेका छन् । माओवादी केन्द्रबाट उपाध्यक्षकी उम्मेदवार चम्पा राईले ६०४ मत प्राप्त गरेकी छिन् । मानेभञ्ज्याङ्गमा नेपाली कांग्रेसले स्वतन्त्र उम्मेदवार ज्ञानेन्द्र रुम्दालीसँग गठबन्धन गरेको थियो भने नेकपा एमाले र जनता समाजवादी पार्टीबीच चुनावी तालमेल भएको थियो ।

    नौ वडा रहेको मानेभञ्ज्याङ गाउँपालिकामा सात वटा वडामा नेपाली कांग्रेसले जितेको छ । दुई वटामा नेकपा एमालेले वडा अध्यक्ष जितेको छ । वडा नं ३ जितेन्द्र राई र वडा नं ९ मा पूर्णबहादुर मगरले नेकपा एमालेबाट भएको निर्वाचन अधिकृतको कार्यालय मानेभञ्ज्याङ्गले जनाएको छ । नेपाली कांग्रेसतर्फ वडा नम्बर १ मा राजकुमार रुम्दाली, २ मा राममणि राई, ४ मा विष्णु तामाङ ५ मा रामकुमार राई, ६ मा हेमराज राई, ७ मा विष्णुप्रसाद गौतम र वडा ८ मा भिमबहादुर बलाम्पाकी मगर निर्वाचित भएका छन् ।

     

  • सम्बन्धित विषय:

  • # स्थानीय तह निर्वाच

  • तेस्रो आँखा