• ट्रेण्डिङ्ग :
सिद्धिचरण नगरपालिकामा गठबन्धनका उम्मेदवारकाे अग्रता कायमै

सिद्धिचरण नगरपालिकामा गठबन्धनका उम्मेदवारकाे अग्रता कायमै


  • 9.4K
    SHARES
    • जेठ २, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 14.5K Views

    सिद्धिचरण नगरपालिकामा गठबन्धनका उम्मेदवारकाे  अग्रता कायमै

     काठमाडाैं,२ बैशाख । स्थानीय तह निर्वाचनको मत परिणम धमाधम सार्वजनीक भैरहेको छ । सिद्धिचरण नगरपालिकामा गठबन्धनका उम्मेदवरले अग्रता कायम राखेका छन । सिद्धिचरण नगरपालिकाका वडा नम्बर १,२,३,८,९,१०,११ , १२ को परिणाम घोषणा भइसकेको छ ।

    images

    मत गणना सकिएका यी वडाहरुमध्य एउटामा नेकपा माओवादी केन्द्रका बसन्त कटवाल निर्वाचित भएका छन भने बाँकी सबै वडाहरुमा नेपाली कांग्रेसले जित हासिल गरेको छ । वडा नम्बर १ मा नेपाली कांग्रेसका तिर्थबहादुर घिमिरे, २ मा नेकपा माओवादी केन्द्रका बसन्त कट्वाल, ३ मा नेपाली कांग्रेसका सिताराम दाहाल, वडा नम्बर ८ मा नेपाली कांग्रेसका एकराज तामाङ, त्यस्तै वडा नं. ९ मा कांग्रेसकै गुणराज खड्का, १० मा नेकाका रमेशप्रसाद धमला, वडा नंं. ११ मा कांग्रेसका विनोद ताम्राकार, र वडा नम्बर १२ मा कांग्रेसका उमंग श्रेष्ठले बाजीमारेका छन् ।  

    वडा नम्बर १,२,८,१०, र १२ अघिल्लो पटक एमालेले जितेका वडा हुन् । यस नगरपालिकामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच चुनावी तालमेल भएको थियो ।  गठबन्धनको तर्फबाट मेयरमा कांग्रेसका जिल्ला सभापति तेजेन्द्रर खनाल र उपमेयरमा माओवादीका रुपेश शाक्य मैदानमा छन् । उनीहरुले अग्रता कायमै रहेकाले जित करिव नजिक रहेको बताइएको छ । अव वडा नम्बर ४,५,६ र ७ काे मत गणना भइरहेकाे छ । अहिले सम्म मेयर र उपमेयरमा गठबन्धकाे अग्रता कामै रहेकाे छ । मेयरमा  काग्रेसका तेजेन्द्र खनाल करिव १ हजार ६ सय र उपमेयरमा नेकपा माओवादीका रूपेश शाक्य ६५० मतले  अगाडि छन ।  बाँकी वडाहरूकाे मत गणना जारी रहेकाे छ । 


    तेस्रो आँखा
    लेखकबाट थप