• ट्रेण्डिङ्ग :
कालिका गाउँपालिकाकाे अध्यक्ष र उपाध्यक्ष दुवैमा नेपाली कांग्रेस विजयी

कालिका गाउँपालिकाकाे अध्यक्ष र उपाध्यक्ष दुवैमा नेपाली कांग्रेस विजयी


  • 10.8K
    SHARES
    • जेठ २, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 16.6K Views

    कालिका गाउँपालिकाकाे अध्यक्ष र उपाध्यक्ष दुवैमा नेपाली कांग्रेस विजयी

    काठमाडाैं,२ जेठ । रसुवाको कालिका गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । अध्यक्ष निर्वाचित हरिकृष्ण देवकोटाले २ हजार ६२२ मत पाए । उनको निकटतम प्रतिस्पर्धी नेकपा एमालेका कमलनाथ आचार्यले २ हजार २८३ र माओवादी केन्द्रका उम्मेदवार सोमबहादुर तामाङले १ हजार ५२२ मत पाएका छन् ।

    images

    उपाध्यक्षमा कांग्रेसकी मिरा लामाले २ हजार ८१० मत ल्याएर निर्वाचित भइन् । उनको निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी अम्बिका भट्टले २ हजार २ मत पाइन् । यस्तै नेकपा एकीकृत समाजवादीका उम्मेदवार विष्णुप्रसाद देवकोटाले १ हजार ४० मत पाएका छन् ।

    अन्तिम परिणाम अनुसार वडा नम्बर १ मा नेकपा माओवादी केन्द्रका दावा तामाङ, वडा नम्बर २ मा नेपाली कांग्रेसका उमेश बहादुर न्यौपाने, वडा नम्बर ३ मा कांग्रेसका फडिन्द्र प्रसाद न्यौपाने, वडा नम्बर ४ मा कांग्रेसका खेसम तामाङ र वडा नम्बर ५ मा कांग्रेसका सन्दीप पौडेल निर्वाचित भएका छन् । २०७४ सालमाको स्थानीय तह निर्वाचनमा अध्यक्ष र उपाध्यक्ष दुवै पद एमालेले जितेको थियो ।


    तेस्रो आँखा
    लेखकबाट थप