वालिङ,३ जेठ । स्याङ्जाको पुतलीबजार नगरपालिकाको मेयर र उपमेयर दुवै पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । मेयरमा तुलसीराम रेग्मी र उपमेयरमा देवी अर्याल निर्वाचित भएका हुन् । रेग्मीले २ हजार ४०४ मत अन्तरले निवर्तमान मेयर समेत रहेकी नेकपा एमालेका उम्मेदवार सीताकुमारी क्षेत्रीलाई पराजित गरे ।
उनले १२ हजार ४९४ मत ल्याउँदा क्षेत्रीले १० हजार ९० मत ल्याइन् । यसैगरी उपमेयरमा निर्वाचित अर्यालले एमालेकै महेश पुरीलाई पराजित गरे । पुरी निवर्तमान उपमेयर समेत हुन् । अर्यालले ११ हजार ७४८ मत ल्याउँदा पुरीले १० हजार ७६१ मत ल्याए ।
