काठमाडाैं,३ वैशाख । ओखलढुंगाको लिखु गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका अशोककुमार कार्की निर्वाचित भएका छन । उनले ३ हजार ७ सय ७६ मत ल्याएर विजयी भएका हुन । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका मिलनकुमार विष्टले ३ हजार ४ सय ९२ मत पाएका छन् ।
गाउँपालिका उपाध्यक्षमा नेकपा एमालेकी अस्मिता थापा विजयी भएकी छन् । उनले ४ हजार १ सय १६ मत पाइन् । उनका प्रतिद्वन्द्वी कांग्रेसकी प्रेमकुमारी दाहालले ३ हजार ८३ मत पाएकी छन । कार्की भूमी आयोगको जिल्ला अध्यक्षबाट राजीनामा दिई लिखु गाउँपालिकाको अध्यक्ष पदमा प्रत्यासी बनेका थिए ।
कार्की इमान्दार र निष्टावान नेताको पहिचान बनाएका व्यक्ति हुन् । त्यसैगरी उपाध्यक्षमा निर्वाचित थापा एमाले अध्यक्ष केपी ओली निकट मानिन्छन् । उनी नयाँ पुस्ताकी क्रियाशिल महिला नेता हुन । एमाले तर्फका उम्मेदवार विष्ट दुइवटा नागरिक्ता लिएको सरकारी कागजात किर्ते मुद्धा दर्तापछि प्रहरीले पक्राउ पुर्जी जारी गरेको थियो। तर उनलाई अझै प्रहरीले पक्राउ गरेको छैन । उनी अहिले फरार सूचिमा छन् ।
