• ट्रेण्डिङ्ग :
सुनकोसी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी

सुनकोसी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी


  • 8.8K
    SHARES
    • जेठ ३, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 13.6K Views

    सुनकोसी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी

    काठमाडाैं,३ जेठ ।  सुनकोसी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन ।  अध्यक्षमा कांग्रेसका जिल्ला उपसभापति कमल तामाङ विजयी भएका हुन । उनले एमालेका इन्द्रबहादुर खड्का (सुनिल)लाई  १ हजार २ सय ५२ मतले पछि पार्दै तामाङ  विजयी भएका हुन् ।

    images

    तामाङले ५ हजार ३ सय ९९ मत ल्याएर विजयी भए । उनका निकटतम् प्रतिद्वन्द्वी खड्काले ४ हजार १ सय ७४ मत ल्याएका छन् । उनी जिल्लाका लोकप्रिय युवा नेता हुन । यस्तै उपप्रमुखमा पनि कांग्रेसकै सुनिता अधिकारी विजयी भएकी छिन् ।

    उनले ५ जार २ सय १५ मत ल्याएर विजयी भइन् । उनकी निकटतम् प्रतिद्वन्द्वी एमालेकी सरस्वती कार्की पौडेलले ४ हजार १ सय ८८ मत ल्याइन् । सुनीता नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि हुन भने एमालेकी तारा कार्की प्रदेश कमीटी सदस्य हुन । 


    तेस्रो आँखा
    लेखकबाट थप