• ट्रेण्डिङ्ग :
माेलुङ गाउँपालिकामा अध्यक्ष, उपाध्यक्ष नै एमालेका उम्मेदवार विजयी

माेलुङ गाउँपालिकामा अध्यक्ष, उपाध्यक्ष नै एमालेका उम्मेदवार विजयी


  • 7.3K
    SHARES
    • जेठ ३, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 11.2K Views

    माेलुङ गाउँपालिकामा  अध्यक्ष, उपाध्यक्ष  नै एमालेका उम्मेदवार विजयी

    काठमाडाैं,३ वैशाख । ओखलढुंगाको माेलुङ गाउँपालिकामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । कांग्रेस माओवादीकाे गठबन्धन भत्काउँदै अध्यक्षमा नेकपा एमालेका उत्तम राई विजयी भएका हुन। राईले ४ हजार ५२ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी गठबन्धनबाट काँग्रेस उम्मेदवार राजन दाहालले ३ हजार ४ सय ६२ मत पाएर उप विजेता बने । 

    images

    विजयी राईकाे मतान्तर ५९० रहेकाे छ । यस अघि एमालेले २६ मतले अध्यक्ष पद जितेकाे थियाे । उपाध्यक्षमा पनि एमालेकि उर्मिला खतिवडा निर्वाचित भइन् । उनले प्रतिस्पर्धिलाई दाेब्बर बढी मतान्तरले पछि पार्दै उपाध्यक्ष जितेकी हुन् । खतिवडाले ४ हजार २ सय ल्याउँदा गठबन्धनबाट माओवादी केन्द्रका  कुलबहादुर खत्रीले २ हजार ९६ मत पाए ।

    खतिवडाले दाेब्बर बढी २१०४ मतले जित्न सफल भइन् । वडामा पनि एमालेकाे बहुमत छ । ८ मध्ये ५ वडा एमाले र ३ नेपाली कांग्रेसले जितेकाे छ । माओवादी केन्द्रका सबै वडा अध्यक्ष र गठबन्धनकाे उपाध्यक्ष पराजित हुँदा माेलुङमा माओवादी क्लीन स्वीप भयाे ।


    तेस्रो आँखा
    लेखकबाट थप