• ट्रेण्डिङ्ग :
राष्ट्रिय क्रिकेट टोलीका खेलाडीको पारिश्रमिक बृद्धि

राष्ट्रिय क्रिकेट टोलीका खेलाडीको पारिश्रमिक बृद्धि


  • 5.7K
    SHARES
    • जेठ ११, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 8.8K Views

    राष्ट्रिय क्रिकेट टोलीका खेलाडीको पारिश्रमिक बृद्धि

    काठमाडौं,११ जेठ। नेपाल क्रिकेट संघ क्यानले पुरुष र महिला राष्ट्रिय क्रिकेट टोलीका खेलाडीको पारिश्रमिक बृद्धि गरेको छ ।

    images

    मंगलबार क्यान कार्यसमितिको बैठकले गरेको निर्णयअनुसार पुरुष राष्ट्रिय टोलीमा रहेका तीनै ग्रेडका खेलाडीको पारिश्रमिक मासिक १० हजारका दरले बढेको छ ।सन् २०१७ देखि क्यानले राष्ट्रिय टोलीका खेलाडीलाई तीन समूहमा वर्गीकरण गरी केन्द्रीय अनुबन्धनको व्यवस्था सुरु गरेको थियो । सुरुमा ए बी र सी ग्रेडका खेलाडीले क्रमस २५, १५ र १० हजार पारिश्रमिक दिइएको थियो ।

    समयअनुसार पारिश्रमिक बढाउँदै लगेको क्यानको पछिल्लो निर्णयपछि नेपाली टोलीका ए ग्रेडका खेलाडीको पारिश्रमिक ६० हजार पुगेको छ । बी र सी ग्रेडका खेलाडीले क्रमस ५० र ४० हजार रुपैयाँ पाउँछन् ।
    यस्तै महिला क्रिकेट टोलीका खेलाडीको पनि पारिश्रमिक बढाइएको छ ।

    ए र बी ग्रेडका खेलाडीको पारिश्रमिक मासिक ६ हजारका दरले बृद्धि गरिएको छ ।  सी ग्रेडका खेलाडीको ५ हजारका दरले बढेको छ ।
    नयाँ पारिश्रमिकअनुसार ए ग्रेडका महिला खेलाडीले मासिक २१ हजार, बी र सी ग्रेडका खेलाडीले क्रमस १८ र १५ हजार रुपैयाँ पारिश्रमिक पाउँछन् ।

    क्यानले क्यालेन्डर वर्षमा गरेको प्रदर्शनका आधारमा खेलाडीको वर्गीकरण गरी पारिश्रमिक उपलब्ध गराउँदै आएको छ ।अघिल्लो वर्ष क्यानको खेलाडी वर्गीकरणमा असन्तुष्टि जनाएका चारजना खेलाडीलाई अनुशासनको कारबाही गरिएको थियो ।
    क्यानले क्रिकेट मैदान कर्मचारीको पारिश्रमिक मासिक ३ हजारका दरले बढाएको छ । मैदान कार्यालय सहयोगी र मैदान पीच क्यूरेटरको पारिश्रमिक पनि क्रमस ५ र ६ हजारका दरले बृद्धि गरेको छ ।


    तेस्रो आँखा
    लेखकबाट थप