• ट्रेण्डिङ्ग :
आमसञ्चार प्रतिष्ठान कार्यान्वयनमा ल्याउन सरकारलाई पोखरेलको आग्रह

आमसञ्चार प्रतिष्ठान कार्यान्वयनमा ल्याउन सरकारलाई पोखरेलको आग्रह


  • 7.5K
    SHARES
    • जेठ ११, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 11.5K Views

    आमसञ्चार प्रतिष्ठान कार्यान्वयनमा ल्याउन सरकारलाई पोखरेलको आग्रह

    काठमाडौं, ११ जेठ । नेपाल पत्रकार महासंघका अध्यक्ष  तथा तेस्राे आँखा अनलाइनका प्रधान सम्पादक विपुल पोखरेलले  आमसञ्चार प्रतिष्ठान गठन कार्यलाई कार्यान्वयनमा ल्याउन आग्रह गरेका छन् ।सरकारको नीति तथा कार्यक्रममा समावेश भएको आमसञ्चार प्रतिष्ठान गठन कार्यलाई कार्यान्वयन गर्नकालागि सरकालाई दबाब दिन सञ्चारकर्मीहरूलाई आग्रह गरेका हुन् ।

    images

    बुधबार काठमाडौंमा आयोजित ‘मिडियामा मिथ्या सूचनासम्बन्धी कार्यशाला’मा बोल्दै पोखरेलले पत्रकारहरूबीच  यस्तो आह्वान गरेका हुन् । ‘सरकारले मंगलबार प्रस्तुत गरेको नीति तथा कार्यक्रम र यस अघिका सरकारले पनि प्रस्तुत गरेको नीति तथा कार्यक्रममा आमसञ्चार प्रतिष्ठान गठनका कुरा गरेपनि हालसम्म कार्यान्वयनमा आउन सकेको  छैन’,  उनले भने ‘नीति तथा कार्यक्रममा समावेश गरिएको सो प्रतिष्ठान गठन गर्ने कार्यलाई कार्यान्वयनमा लैजान सरकारलाई दवाव दिन सञ्चारकर्मीहरूलाई आह्वान गर्दछु ।’

    पत्रकारितालाई दक्ष, मर्यादित, व्यवसायिक बनाउनका लागि पनि आमसञ्चार प्रतिष्ठान गठन गर्न ढिलाई गर्न नहुने उनको भनाइ छ । पत्रकारिता क्षेत्रबाट सही सूचनाको अपेक्षा गर्ने हो भने राज्यले त्यसलाई सिकाउनका लागि मेकानिज्म बनाउने काममा आलटाल गर्न नहुने उनले स्पष्ट पारे ।

    पोखरेलले विभिन्न खालका स्वार्थ समूहहरूको प्रलोभनमा नपर्न पनि सञ्चारकर्मीहरूलाई सचेत गराए । विभिन्न स्वार्थ समूहहरूले आफ्नो हितका लागि प्रलोभन वा दवाव दिँदा सही सूचना दिने बाटोमा ठूलो अवरोध हुने उल्लेख गर्दै उनले त्यसबाट बच्न आम सञ्चारकर्मी र मिडिया हाउसहरुलाई आग्रह गरे । 

  • सम्बन्धित विषय:

  • # विपुल पाेखरेल

  • तेस्रो आँखा
    लेखकबाट थप