• ट्रेण्डिङ्ग :
विद्युत् सर्ट हुँदा आगलागी, एक घर जलेर नष्ट

विद्युत् सर्ट हुँदा आगलागी, एक घर जलेर नष्ट


  • 6.3K
    SHARES
    • जेठ १३, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 9.7K Views

    विद्युत् सर्ट हुँदा आगलागी, एक घर जलेर नष्ट

    काठमाडौं,१३ जेठ । बागलुङ नगरपालिका–३ बोक्सेखाल्टाको एक घरमा आगलागी भएको छ । गए राति विद्युत् सर्ट हुँदा बोक्सेखाल्टाका जगन्नाथ गौतमको घरमा भीषण आगलागी भएको हो । आगलागीबाट उहाँको घर पूर्ण नष्ट भएको छ ।

    images

    घरमा रहेका लत्ताकपडा, खाद्याान्न, नगद र सुनचाँदीसमेत जलेर नष्ट भएको परिवारले जनाएको छ । रातको समयमा एक्कासी आगलागी भएपछि परिवारले भागेर ज्यान जोगाएको गौतमले बताउनुभयो । राति ९ बजेदेखि सुरु भएको आगलागी १ बजेमात्रै नियन्त्रणमा आएको थियो ।

    आगलागी लगत्तै प्रहरीलाई खबर गरेपछि बागलुङ नगरपालिकाको दमकल र प्रहरी तथा स्थानीयवासीको सहायतामा आगो नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले बताए । 
    आगलागीबाट घर पूर्णरूपमा जलेको छ भने ग्यास सिलिन्डर पड्किँदा छिमेकका केही घरमा समेत आगो पुगेको थियो । घर जलेर भएको क्षतिको विवरण सङ्कलन भइरहेको प्रनाउ रानाले बताए ।


    तेस्रो आँखा
    लेखकबाट थप