• ट्रेण्डिङ्ग :
सरकारद्वारा  ८ सय ३४ जना कैदीबन्दीको कैद माफी मिनाह

सरकारद्वारा  ८ सय ३४ जना कैदीबन्दीको कैद माफी मिनाह


  • 9.0K
    SHARES
    • जेठ १४, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 13.9K Views

    सरकारद्वारा  ८ सय ३४ जना कैदीबन्दीको कैद माफी मिनाह

    काठमाडाैं,१४ जेठ । सरकारले ८ सय ३४ जना कैदीबन्दीको माफी मिनाह गरेको छ । बुधबार र शुक्रबार बसेका दुई वटा मन्त्रिपरिषद् बैठकले उनीहरुलाई  जेठ १५ गते अर्थात आइतबारदेखि लागू हुनेगरी गणतन्त्र दिवस २०७९ को अवसरमा माफी मिनाहा गरेको हो ।

    images

    बुधबार बसेको बैठकले तोकिएको कैद सजाय भुक्तान गरेका र असल चालचलन भएका खङ्ग श्रेष्ठ लिम्बुसमेतका २ सय ७१ जना र नरबहादुर साँवासमेतका ५ सय ४७ गरी जम्मा ८ सय १८ जना कैदीबन्दीको बाँकी कैद सजाय माफी मिनाहा भएको शुक्रबार राष्ट्रपतिको कार्यालयले एक विज्ञप्ती जारी गर्दै जानकारी गराएको हो ।

    नेपालको संविधानको धारा २ सय ७६, फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को कसूर ९कैदकट्टा० नियमावली, २०७६ को नियम ३ तथा सर्वोच्च अदालतको आदेशसमेतका आधारमा उनीहरुको कैद माफी मिनाह गरिएको कार्यालयका प्रवक्तासमेत रहेका उपसचिव केशवप्रसाद घिमिरेले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।

    01-1117x1536.jpg


    तेस्रो आँखा
    लेखकबाट थप