• ट्रेण्डिङ्ग :
दुर्घटनाग्रस्त जहाजमा धनुषाका एकै परिवारका ७ जना रहेको पुष्टि  

दुर्घटनाग्रस्त जहाजमा धनुषाका एकै परिवारका ७ जना रहेको पुष्टि  


  • 4.9K
    SHARES
    • जेठ १६, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 7.5K Views

    दुर्घटनाग्रस्त जहाजमा धनुषाका एकै परिवारका ७ जना रहेको पुष्टि  

    काठमाडौं,१६ जेठ  । आइतबार बिहानदेखि सम्पर्कविहीन भएको तारा एयरको जहाज आज बिहान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ ।

    images


    मुस्ताङको थासाङ गाउँपालिका–२ मा दुर्घटना भएको जहाजमा धनुषाका एकै परिवारका सात जना रहेको पुष्टि भएको छ ।
    तारा एयरका अनुसार उक्त विमानमा चालक दलका तीन सदस्यसहित २२ यात्रुहरू सवार रहेकामध्ये धनुषाको मिथिला नगरपालिका–११ लोटा गाउँका सात जना रहेको पुष्टि भएको छ ।

    जहाजमा राजनकुमार गोले, उनका बुबा इन्द्रबहादुर गोले, आमा राममाया तामाङ, काका पुरुषोत्तम गोले, काकी तुलसादेवी तामाङ, मामा मकरबहादुर तामाङ र माइजु सुकुमाया तामाङ रहेको परिवारजनले पुष्टि गरेको छ । गोले परिवार मुक्तिनाथ दर्शनका लागि विमानबाट जोमसोम जाँदै थिए ।
    दुर्घटनाग्रस्त जहाजमा १३ नेपाली, चार भारतीय, दुई जर्मन नागरिक र चालक दलका तीन सदस्यसहित २२ सवार थिए ।


    तेस्रो आँखा
    लेखकबाट थप